Comments Add Comment

दसैंका चार फिल्मः ‘परदेशी’ अगाडि, आर्यनलाई फापेन

aaryan-and-aashika
नेपाली चलचित्र जुधाइको मारमा पर्छन् । बर्षमा करिब ८० भन्दा धेरै नेपाली चलचित्र प्रदर्शनमा आउछन् । हिन्दी, अंग्रेजी र विभिन्न भाषाका चलचित्रलाई पनि गन्ने हो भने संख्या दोब्बर हुन आउँछ । बर्षमा हुने ५२ हप्तामा करिब डेढ सय चलचित्र चलाउँदा जुध्ने खतरा त भैहाल्छ ।

अझ, नेपाली चलचित्रका निर्माताहरु ठूला हिन्दी र अंग्रेजी चलचित्रसँग त भिड्न डराएका हुन्छन् । तर, चलचित्र जुध्दैमा त्यसको असर परिहाल्छ भन्ने पनि नहुने रहेछ । यसको उदाहरण कात्तिक ३ गतेबाट प्रदर्शनमा आएका चलचित्रलाई हेर्दा हुन्छ ।
prashant-narayan-and-rajani
कात्तिक ३ गतेबाट प्रदर्शनमा आएका चलचित्रमध्ये नारायण रायमाझीको निर्देशनमा राजेश बंशलले निर्माण गरेको चलचित्र ‘परदेशी’लाई फाइदा पुगेको छ । यो चलचित्रको कथावस्तु र गीतले दर्शकलाई हलसम्म तानेको छ । निर्माता वंशले आफ्नो अघिल्लो चलचित्र ‘गोर्खापल्टन’ भन्दा पनि धेरै व्यापार यो चलचित्रले गरेको बताउँछन् ।

प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का लगायतका कलाकारले अभिनय गरेको  यो चलचित्रले विदेसिने नेपालीको कथा भनेको छ । चलचित्रको व्यापार २ करोड ग्रसको हारहारीमा पुगेको बताइन्छ ।
ashisma-namrata-and-rista
कात्तिक ३ मै प्रदर्शनमा आएको चलचित्र ‘अधकट्टी’को व्यापार मल्टिप्लेक्समा राम्रो भएपनि सिंगलमा औषत छ । निर्माता प्रदिपकुमार उदयले आफ्नो चलचित्रको व्यापार सोचेजस्तो नभएको स्विकार गरेका छन् । उनले जुन प्रचार र हाइप चलचित्रले पाएको थियो, त्यस अनुसार व्यापार नभएको बताए । उनले पूणिर्मासम्म चलचित्रले ६० लाख ग्रसको व्यापार गरेको बताए ।

कात्तिक ३ मै प्रदर्शनमा आएको नायक आर्यन सिग्देल स्टारर चलचित्र ‘सुश्री’ कमजोर देखियो । यसको पछाडि चलचित्रले पाएको हल मुख्य कारण छ । सामान्य प्रचार र थोरै हलका कारण शिवम् अधिकारीको डेब्यू निर्देशन रहेको यो चलचित्रले गतिलो व्यापार गरेन । चलचित्र राम्रो भएपनि प्रदर्शनको समयमा ख्याल गरिएन भने लगानी बालुवामा पानी हुन्छ भन्ने उदाहरण ‘सुश्री’ले दिएको छ ।

कात्तिक ५ गतेबाट प्रदर्शनमा आएको गोपिकृष्ण मुभिजको प्रतिक्षित चलचित्र ‘ठमेल डट कम’ पनि सोचे जस्तो चलेन । काठमाण्डौका हलमा सुरुवाती व्यापार राम्रै भएपनि गीत बजले खासै काम गरेन । अनुपविक्रम शाही, नितु पोख्रेल, नरेन खड्का, प्रमोद अग्रहरी चलचित्रमा मुख्य कलाकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment