+
+
Shares

२६ नोभेम्बरमा दुलही बन्दै ‘गजनी’ नायिका

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १० गते १५:५२

asin-and-rahul

बलिउड नायिका असिन २६ नोभेम्बरमा दुलही बन्ने तयारीमा लागेकी छिन् । आफ्ना प्रेमी राहुल शर्माको साथमा उनले बिबाह गर्न लागेकी हुन् । उनीहरुको बिबाह दिल्लीको भव्य होटलमा हुन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

२७ नोभेम्बरमा भने यी दुइले रिसेप्सन पार्टी दिदैछन् । दिल्लीको वेस्ट एन्ड ग्रिन फार्म हाउसमा यी दुइले पार्टी दिन लागेका हुन् । यो फार्म हाउसमा नायक साहिद कपुरको बिहे भएको थियो ।

माइक्रोम्याक्स कम्पनीका सह-लगानीकर्ता राहुलसँग असिनको भेट २ बर्ष अगाडि भएको थियो । यी दुइलाई नायक अक्षय कुमारले भेट गराएका हुन् । २८ नोभेम्बरमा भने मुम्बइमा यो जोडीले बिहे भोजको कार्यक्रम आयोजना गरेको छ । जसमा उनीहरुको नजिकका आफन्त सहभागी हुनेछन् ।

बलिउडमा चलचित्र ‘गजनी’मा अभिनय गरेर एकाएक उदाएकी असिनले सलमान खान, अक्षय कुमार, अजय देवगण जस्ता चर्चित कलाकारसँग काम गरिन् । तर, उनको चलचित्र करिअर चम्कन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?