+
+
Shares

उत्कृष्ट गीतसंगीतको ‘प्रेमगीत’, पूजा र प्रदिपको करिअर चम्कने संभावना

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १० गते १६:२०

prem-geet-song
पछिल्ला केही बर्षयता संगीतमा चम्कन थालेका संगीतकार अर्जुन पोखरेलले फेरि चर्चा पाउने संभावना देखिएको छ । फ्रेवुअरी १२ लाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘प्रेमगीत’का गीतले उनलाई यो चर्चा दिलाउन सक्छ ।

अर्जुनले संगीत भरेको यो चलचित्रको अडियो गीत सार्वजनिक भएको छ । चलचित्रको गीत संगीतलाई उत्कृष्ट मानिएको छ । यी गीतहरुले छोटो समयमै लोकप्रियता पनि कमाई रहेका छन् ।

निर्देशक सुदर्शन थापाले यो चलचित्रबाट ‘मेरो एउटा साथी छ’को क्रेज फर्काउन सक्छन् । चलचित्रमा प्रदिप खड्का र पूजा शर्माको अभिनय छ । साथमा सरोज खनाल, लक्ष्मी गिरी लगायतलाई चलचित्रमा देख्न सकिन्छ । चलचित्रको टिजरले समेत चर्चा पाएको समयमा गीतले धेरैको मन छोएको छ । यो चलचित्रबाट पूजा र प्रदिपको करिअर चलचित्र क्षेत्रमा चम्कने संभावना देखिएको छ ।

चलचित्रमा समावेश ‘म यस्तो गीत गाउछु, मत अलपत्र पर्छु’ बोलका गीत सार्वजनिक गरिएको छ । गीतमा रेनशा राइको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन छ ।

चलचित्रको शिर्ष गीतमा सुगम पोख्रेल र अञ्जु पन्तले आवाज भरेका छन् । चलचित्रलाई रामशरण पाठकले लेखेका हुन् । निर्माता सन्तोष सेनले ‘चंखे शंखे पंखे’ पछि यो चलचित्रको निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?