माघ १ गते नेपालभर प्रदर्शनमा आउन लागेको सुवर्ण थापा निर्देशित चलचित्र ‘फन्को’ यूरोपका विभिन्न देशमा प्रदर्शनमा आउने भएको छ । नोभेम्बर २३ मा बेल्जियमको जेड लुभेन चलचित्र भवनबाट यूरोप प्रदर्शन सुरु हुनेछ । चलचित्रको ‘म त लोकल ब्यूटी’ बोलको गीत सार्वजनिक भैसकेको छ भने ट्रेलर सार्वजनिक गर्ने तयारी पनि गरिएको छ ।
रोचक कुरा त के छ भने, चलचित्रको मुख्य कलाकारको रुपमा जिपलाई प्रयोग गरिएको छ । चलचित्र बेल्जियमसँगै फिनल्याण्ड, डेनमार्क, अष्ट्रिया, इटाली, पोर्चुगल, स्पेन, फ्रान्स लगायतका देशमा प्रदर्शन हुनेछ ।
चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, अनुप बराल, प्रियंका कार्की, केकी अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रमा सौगात मल्ल नेताको ड्राइभरको भूमिकामा देखिएका छन् भने केकी उनकी श्रीमतीको रुपमा देखिने छिन् । चलचित्रले पैसाको पछाडि दौडने यूवायूवतीको कथालाई उठान गरेको छ ।
पदम गुरुङको प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेव गौतमको लगानी चलचित्रमा छ । चलचित्रमा चेतन सापकोटाको संगीत छ ।
प्रतिक्रिया 4