Comments Add Comment

राष्ट्रपतिको चुनावमा सदभावनाकै सांसदले मतदान गरिन्

११ कात्तिक, काठमाडौं । राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीकी एक सांसदले मतदानमा भाग लिएकी छन् ।

Madhavi-Rani-sahaतराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको थियो । तर, बुधबार संसदमा भएको मतदानमा सदभावना पार्टीकी सांसद माधवी रानी साहले भाग लिएकी छन् ।

अनलाइनखबरसँग कुरा गर्दै सांसद साहले भनिन्-‘चुनावमा भाग नलिने कुरा मलाई थाहा भएन, म बाहिरबाट आएँ, त्यहाँ -संविधानसभा) पुगेँ र भोट हालेँ ।’

उनले अघि भनिन्-‘पहिला त प्रधानमन्त्रीको भोटमा हामी सबै गएका थियौं, अहिले पार्टीको निर्णय मलाई थाहा भएन, त्यही भएर म मतदानमा गएँ ।’

गोप्य मतदान भएकाले कसलाई मत दियो भनेर नसोध्न उनले आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment