+
+

विद्या बनिन् प्रथम महिला राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ११ गते २३:५५

Bidhya Bhandari becomes Nepal first woman President (2)

११ कात्तिक, काठमाडौं । गणतन्त्र नेपालको नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् ।

भोजपुरबाट विद्यार्थी राजनीति थालेकी विद्या एमाले जननेता मदन भण्डारी पत्नी हुन् । भण्डारीसँग विवाह गरेपछि राजनीति कम र बढी गृहिणी भूमिकामा रहेको भण्डारी दासढुंगा दुर्घटनामा मदनको निधनसँगै फेरि राजनीतिमा फर्किइन् ।

२०५० सालको उपचुनावमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर चर्चामा आएकी भण्डारी संसदीय राजनीतिमा होमिएको २२ वर्षमा नै राष्ट्रपति बन्न सफल भएकी छन् ।

नयाँ राष्ट्रपति चयनका लागि बुधबार संसदमा मतदान भएको थियो । मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

Bidhya Bhandari becomes Nepal first woman President (1)

संसद बैठकमा सभामुख ओनसरी घर्तीले जानकारी गराए अनुसार भण्डारीले ३२७ मत पाएकी छन् । विद्यालाई एमालेका साथै एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलहरुको समर्थन छ ।

उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् । गुरुङलाई कांग्रेस बाहेक केही साना दलको मात्र मत परेको छ ।

राष्ट्रपति निर्वाचनमा कुल ५९७ सांसद मध्ये ५४९ ले मतदान गरेका थिए । तर, ८ मत बदर भएको छ । संसद सचिवालय स्रोतका अनुसार बदर भएको मत मध्ये कुलबहादुरको चार मत परेको छ । विद्याको दुई मत बदर भएको छ । दुई मत भने खाली पाइएको छ ।

मधेसी मोर्चासहितका केही साना दलले निर्वाचनमा भाग लिएनन् । तर, मधेसी मोर्चामा आवद्ध सद्भावनाका सभासद माधवी रानी साहले भने मतदान गरेकी छन्

संविधानको रक्षा गर्छु : राष्ट्रपति

राष्ट्रपति पदमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नयाँ संविधानको कार्यान्वयन गर्दै मुलुकसामु तेर्सिएका समस्याको मिलेर समाधान गर्नुपर्नेमा उनको जोड थियो । उनले भनिन्, मुलुकको हित नै मेरो सर्वाेपरी हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।’

यो पनि पढ्नुस्

राष्ट्रपतिको मत परिणाम घोषणामा सभामुख झुक्किएपछि …

विद्याका देवर-देवरानीमा कतै खुशी, कतै गम !

विद्या भण्डारी : प्रावि शिक्षिका र गृहिणीदेखि राष्ट्रपतिसम्म

राष्ट्रपति विद्या भण्डारीलाई एक करोडको कारकेड

यस्तो देखियो राष्ट्रपति चुनावको मतदानमा (फोटो फिचर)

राष्ट्रपतिको चुनावमा सदभावनाकै सांसदले मतदान गरिन्

एमाओवादी सांसद जैसवालद्वारा राष्ट्रपति चुनाव बहिस्कार !

ज्ञानेन्द्रबहादुर कार्कीलाई सांसदको प्रश्न : भोट बहिनीलाई कि पार्टीलाई ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?