Comments Add Comment

अन्डरवल्ड र बलिउड कनेक्शन, पैसा नदिदा साहरुख र अक्षयलाई धम्की

srk-akshya-and-daud
अन्डरवल्ड डन छोटा राजनको गिरफ्तारिपछि बलिउडमा समेत हलचल सुरु भएको छ । किनकी बलिउडसँग अन्डरवल्डको सम्बन्ध निकै पुरानो मानिन्छ ।

९० को दशकमा बलिउडमा अन्डरवल्डको हस्तक्षेप सामान्य मानिन्थ्यो । जतिवेला चलचित्र उद्योगले उद्योगको मान्यता पाएको थिएन, अन्डरवल्डकै हालीमुहाली थियो । धेरैले अन्डरवल्डकै पैसामा चलचित्र बनाउथे ।
उक्त समयमा अन्डरवल्डको प्रभाव यति धेरै थियो कि कसलाई अभिनय गराउने वा कथा कस्तो लेख्ने समेत अन्डरवल्ड गिरोहले निर्देशन दिन्थे । खलनायकको चरित्र कस्तो बनाउने भन्नेमा निर्देशकले अन्डरवल्डका एजेन्टसँग सल्लाह गर्नु पथ्र्यो र उनीहरुले भनेजस्तै चरित्र बनाउनु पथ्र्यो ।

पुराना चलचित्र पत्रकार अजय ब्राहात्मजका अनुसार खलनायकको चरित्र डनहरुकै निर्देशन अनुसार हुन्थ्यो । यदि उनीहरुले भने जस्तो भएन भने प्रदर्शनको बेला झमेला गर्थे डनहरु ।

गुलसन कुमार मारिए
सन् १९९७ मा म्युजिक किंग गुलसन कुमारलाई अन्डरवल्ड डन अबु सलेम र दाउदका मान्छेले धम्की दिए । तत्कालीन समयमा उनीहरुले गुलशनसँग १० करोड रुपैयाँ माग गरेका थिए तर, उनले दिन मानेनन् । १० दिन पछि अँधेरीमा गुलसन कुमारको हत्या भयो ।

साहरुखलाई धम्की
सन् २०१४ मा ‘ह्याप्पी न्यु ईयर’ रिजिल हुनु अघि अन्डरवल्ड डन रबि पुजारीले साहरुख खानलाई धम्क्याएका थिए । त्यसपछि प्रहरीले साहरुखको सुरक्षा दस्ता बढाएको थियो ।

साहरुखलाई धम्की दिइएको केही दिनपछि उनका बिजनेश पार्टनर अली मोरानीलाई जुहु स्थित फार्म हाउसमा मोटरसाईकलमा आएका केही ब्यक्तिले गोली प्रहार गरेका थिए ।

अक्षयलाई धम्की
सन् २०१३ अक्टुबरमा अक्षय कुमारलाई पनि फोनवाट धम्की आएको थियो । उनलाई पनि धम्की दिने रवि पुजारी नै भएको केही भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् ।

राकेश रोशनलाई गोली
अली बाबा बुदेश नामका डनले निर्देशक राकेश रोशनसँग पैसा मागेका थिए । सन् २००० मा ‘कहो ना प्यार हे’ सक्सेस भएपछि राकेशसँग अली बाबाले पैसा मागेका थिए । राकेशले पैसा नदिएकै कारण उनीमाथी गोली प्रहार भएको थियो ।

अन्डरवल्डसँग जोडिएका नायिका
ममता कुलकर्णाी : ममता कहिले दाउदको साथ रहिन् त कहिले छोटा राजनको गर्लप|mेण्ड भनेर चिनिईन् । छोटा राजनकै कारण ममताले बलिउडमा मौका पाएकी थिईन् । तर, बलिउडवाट विदा भए लगत्तै ममताले ड्रग स्मग्लर विक्की अर्थात विक्रम गोश्वामीसँग बिबाह गरिन् ।

मोनिका बेदी : मोनिका बेदी र अबु सलेमविच केही वर्ष अफेयर चल्यो । अबु सलेमकै कारण मोनिकाले केही चलचित्रमा काम पनि पाईन् । केही वर्ष पोर्चुगलमा सँगै रहेका उनीहरु अहिले भने छुटि्टएका छन् ।

मन्दाकिनी : ‘राम तेरी गैगा मैली’वाट बलिउड प्रवेश गरेकी मन्दाकिनी पनि दाउदकै प्रेमिका भनेर चिनिन्थिन् । सन् १९९६ मा हिन्दी चलचित्र ‘जोरदार’ मा काम गरेपछि उनले सन्यास लिएकी थिईन् । सन्यास लिनु अघि नै उनको नाम दाउद इब्राहिमसँग जोडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment