Comments Add Comment

तस्वीरमा हेर्नुहोस् निवर्तमान राष्ट्रपतिको नयाँ डेरा !

President Rambaran yadav New house (8)

१२ कात्तिक, काठमाडौं । झमझम पानी परिरहेको थियो, ललितपुरको बागडोलस्थित मदन विष्टका घरमा सेना, प्रहरी र अन्य कामदारहरु झिटीगुण्टा ओसार-पसार गरिरहेका थिए । कोही बिजुली र आँगन मर्मत सम्भार गरिरहेका थिए त कोही रंगरोगनमा व्यस्त थिए ।

President Rambaran yadav New house (1)

यो दृश्य हो निवर्तमान राष्ट्रपति सर्न लागेको नयाँ आवास गृहको । विहीबार दिउँसो अनलाइनखबरकर्मी यो घरमा पुग्दा पुराना डेरावाल डेरा सरिरहेका थिए भने रामवरण यादवका लत्ता कपडा, दराज र टीनका बाकसहरु सुरक्षाकर्मीले घरमा भित्र्याइरहेका थिए ।

घरबेटी मदन विष्ट अमेरिकामा बसोबास गर्छन् । सो घरमा बस्दै आएका डेरावालले रामवरणका लागि घर खाली गरिदिएपछि सामानहरु शीतलनिवासबाट ओसार्न थालिएको छ ।

खासै सम्भार नगरिएको घरमा रातारात मर्मत सम्भार गरिएको छ । आँगनमा ढुंगा बिछ्याइएको छ भने घरको पुरानो स्वरुपलाई झकिभकाऊ पार्न थालिएको छ ।

President Rambaran yadav New house (12)

विहीबार परेको वर्षाका कारण सामान ओसार-पसारमा समस्या परेको छ । विहीबार साँझसम्म डा. यादव सो घरमा सरिसक्ने तयारी छ ।

निवर्तमान राष्ट्रपति यादवको नयाँ डेरा र पुरानो निजी निवासको दुरी लगभग दुईसय मीटरको दुरीमा छ ।

हेर्नुहोस् थप तस्वीर

President Rambaran yadav New house (9)

President Rambaran yadav New house (6)

President Rambaran yadav New house (2)

President Rambaran yadav New house (4)

President Rambaran yadav New house (5)

President Rambaran yadav New house (2)

President Rambaran yadav New house (10)

President Rambaran yadav New house (11)

President Rambaran yadav New house (13)

President Rambaran yadav old house
नयाँ डेराकै छेउँमा रहेको डा. यादवको निजी निवास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment