Comments Add Comment

राष्ट्रपति भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

bidhya Bhandari

१२ कात्तिक,काठमाडौं । नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको उपाध्यक्ष पद सहित संसद सदस्यता र पार्टी सदस्यता परित्याग गरेकी छन् ।

भण्डारीले बिहीबार सपथको पूर्वसंध्यामा प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपतिको दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न एमालेको उपाध्यक्ष सहित दलको सदस्यता र एमाले सम्बद्ध जनसंगठनको नेतृत्वको जिम्मेवारीबाट समेत अलग भएको जनाएकी छन् ।

भण्डारी एमाले सम्बद्ध अखिल नेपाल महिला संघको समेत अध्यक्ष थिइन् । भण्डारीले विहिवारबाटै व्यवस्थापिका संसदको सदस्यबाट समेत राजिनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पदमा पुर्‍याउन एमाले नेतृत्व,एमाले कार्यकर्ता र अन्य दल तथा जनताबाट प्राप्त सहयोगप्रति भण्डारीले कृतज्ञता ज्ञापन गरेकी छन् ।

२०३५ सालदेखि तत्कालिन नेकपा माले हुँदै एमालेको राजनीतिमा लागेर पार्टीको शीर्ष नेतृत्वमा पुग्न सफल भण्डारीको सक्रिय राजनीतिक जीवन अब टुंगिएको छ ।

Bidhya-bhandari-Press-Statement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment