Comments Add Comment

तेल लिन चीन गएकै दिन भारतले पठायो २ सय ३७ ट्याकंर इन्धन

Bhairahawa-Naka-Final

१३ कात्तिक, काठमाडौं । नेपालले चीनबाट अनुदानमा तेल लिन १२ वटा ट्यांरक केरुङ पठाएको दिन भारतले नाकाबन्दी पछिकै सबैभन्दा धेरै इन्धन नेपाल पठाएको छ ।

आज शुक्रबार दिनभरमा २ सय वटा ३७ पेट्रोलियम ट्याकंर र ग्यास बुलेट नेपाल भित्रिएका छन् । जसमा २ सय भन्दा बढी तेल ट्यांकर छन् ।

बिराटनगरको रानी भन्सार कार्यालयबाट मात्रै १ सय ३८ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएको भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार शुक्रबार ९३ वटा डिजेल, २८ वटा पेट्रोल र १७ वटा ग्यास बुलेट बिराटनगरबाट नेपाल प्रवेश गरेका छन् ।
यो संख्या सामान्य अवस्थाको भन्दा तेब्बर हो । समान्य अवस्थामा बिराटनगरबाट ४० ट्यांकर इन्धन नेपाल भित्रिने गरेको थियो ।

यसैगरी शुक्रबार भैरहवाको बेलहिया नाकाबाट ६५ वटा वटा इन्धन ट्यांकर नेपाल आएका हुन् । हिजो बिहीबार बेलुकै आएर भन्सारमा रोकिएका २९ वटा डिजेल र ४ वटा पेट्रोल ट्यांकर तथा ५ वटा ग्यास बुलेट आज मात्र नेपाल प्रवेश गरेका छन् ।

यस्तै शुक्रबार नै आएका १२ वटा डिजेल र १५ वटा ग्यास बुलेट पनि भैरहवाबाट नै नेपाल भित्रिएका भन्सार अधिकृत रविन्द्र प्याकुरेलले बताए ।

नेपालगञ्ज नाकाबाट भने १७ ट्यांकर इन्धन नेपाल आएको छ । जसमा १४ वटा गाडीमा डिजेल छ भने ३ वटामा मट्टतिेल छ ।

कैलालीको गौरीफन्टा नाकाबाट दिनभरमा १४ ट्याकंर इन्धन नेपाल प्रवेश गरेका छन् । १३ वटा डिजेल र एउटा पेट्रोल ट्यांकर भित्रिएको भन्सार प्रमुख हरिप्रसाद पाण्डले बताए ।

काँकडभिट्टाको मेची भन्सारबाट भने २ वटा डिजेलका गाडी मात्र आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment