Comments Add Comment

यातायात व्यवसायीको विवादले रुकुम र सल्यानमा गाडी चलेनन्

Salyan-Rukum-Ticket-Counter

  • दाङको तुलसीपुर बसपार्कस्थित सल्यान र रुकुम जाने टिकट काट्ने काउन्टर बन्द भएपछि अलपत्र परेका यात्रुहरु

दशरथ घिमिरे

१६ कात्तिक, दाङ । यातायात व्यवसायीबीचको विवादले रुकुम र सल्यान जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छैनन् । भारतले गरेको अघोषित नाकावन्दीका कारण ईन्धन अभाव हुँदा त्यसै कम चलेका सवारी साधन ब्यवसायीबीचको विवादले ठप्प हुँदा झनै समस्या परेको हो ।

सवारी साधन सञ्चालनको विषयमा यातायात ब्यवसायीबीच झडप हुँदा प्रहरीले नियन्त्रणमा लिएका कर्मचारी रिहाईको माग गर्दै ब्यवसायीहरुले नै यातायातका साधन सञ्चालनमा रोक लगाएका हुन् । सोमवार विहानैबाट सवारी साधन सञ्चालनमा नआउँदा यात्रुहरु अलपत्रमा परेका छन् । बिहानैदेखि सल्यान, रुकुम र दाङ तुलसीपुरबाट सल्यान हुँदै रुकुम चल्ने सवारीका साधन चलेका छैनन् ।

गएराती दाङ तुलसीपुरको गोटीखोलामा दुई पक्षका युवाहरुबीच झडप भएको थियो । गोटीखोलामा भएको झडपमा १ जना चालकको खुट्टा भाँचिएको र उपचारको लागि नेपालगञ्ज लगिएको राप्ती अञ्चल सार्बजनिक यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष भरतनाथ योगीले जानकारी दिए ।

रुकुममा आइतबार सिस्ने हिमाल यातायात व्यवसायी समिति रुकुम र रुकुम यातायात प्रालिका कर्मचारीबीच झडप भएलगत्तै राप्ती राजमार्गमा यातायात ठप्प पारियो । प्रहरीले दुवै समितिका पदाधिकारीसहित झन्डै ३० जनालाई नियन्त्रणमा लियो ।

सिस्ने हिमालका झन्डै एक सय बढी ठूला बसहरु छन् भने रुकुम यातायात प्रालिले हालसालै तीनवटा मात्रै नयाँ हायस माइक्रोबस किनेको छ । रुकुम प्रालिले पनि रुकुम हुँदै दाङ-काठमाडौंसम्म गाडी संचालन गरेपछि दुई समितिबीच विवाद चुलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment