Comments Add Comment

आइफोन ६ मा सेल अफर, सात हजारसम्म छुट

Iphone 6 final 3

२० कात्तिक, काठमाडौं । यदि तपाई आइफोन किन्दै हुनुहुन्छ भने खुशीको खबर छ । नेपालका लागि आइफोनको आधिकारिक बिक्रेता ‘ओलिज स्टोर’ले आइफोन ६ मा दिपावली हट सेल अफर ल्याएको छ ।

दिपावली अफरमा आइफोन ६ खरिद गर्दा ७ हजार रुपैयाँसम्म छुट पाइने ओलिज स्टोरका प्रबन्ध निर्देशक लोकेश ओलीले बताए । ओलिज स्टोरले ६४ जीबी र १२८ जीबी स्टोरेज भएको आइफोन ६ मा सेल अफर लागू गरेको हो ।

६४ जीबी स्टोरेज भएको आइफोन ६ को अधिकृत खुद्रा मूल्य ९० हजार रुपैयाँ रहेको छ । दिपावली सेल अफरमा ८३ हजार २ सय रुपैयाँ तिरेर खरिद गर्न सकिने ओलीले बताए ।

१२८ जीबी स्टोरेज भएको आइफोन ६ को अधिकतम खुद्रा मूल्य एक लाख रुपैयाँ रहेको छ । दिपावली सेल अफरमा कम्पनीले ९३ हजार २ सय रुपैयाँमा उपलब्ध गराएको छ ।

Iphone 6 final

माथिको छुट मूल्यमा भ्याट समाहित गरिएको छ भने १ वर्षको वारेन्टी समेत प्राप्त हुने छ । साथै देशभर निःशुल्क डेलिभरीको सुविधासमेत रहेको उनले जानकारी दिए । दुईवटा मोडलमा मात्र लागू गरिएको दिपावली हट सेल अफर शुक्रबारदेखि नै सुरु भएको छ ।

दिपावली अफरमा लिमिटेड स्टकमात्र उपलब्ध रहेको ओलिजका प्रबन्ध निर्देशक ओलीले जानकारी दिए । बबहरमहलमा रहेको ओलिज स्टोर र कम्पनीको अनलाइनमार्फत अर्डर गरेर आइफोन किन्न सकिने छ ।

नेपालमा आइफोन ६ गोल्ड, ग्रे र सिल्भर कलरमा उपलब्ध छ । ठूलो स्क्रिन रहेको आइफोन ६ नेपाली उपभोक्तामाझ लोकप्रिय बनेको छ ।

Iphone 6 final 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment