Comments Add Comment

बेकह्यामको कथा : शरीरको टाटुदेखि फुटबलको झेलसम्म !

२१ कात्तिक, काठमाडौं । डेभिड बेकह्याम त्यसै पनि खेल प्रेमीहरुमाझ चर्चित थिए, शुक्रबार नेपाल आएपछि उनी फेरि नेपाली युवामाझ चर्चाको पात्र बने ।

आखिर को हुन् त डेभिड बेकह्याम ? उनका केही भित्री रहस्य यस्ता छन् :
David Beckham at Bhaktapur (25)
सन् १९७५ को मे २ मा बेलायतमा जन्मिएका ४० वर्षीय डेभिड रोबर्ट जोसेफ बेकह्याम, डेभिड बेकह्यामको नामले विश्वचर्चित छन् । बेलायतका पूर्व व्यवसायिक फुटबलर बेकह्याम समकालीन फुटबलका महान खेलाडीमध्ये एक मानिन्छन् ।

फिफाले सार्वजनिक गरेको विश्वका सय जना महान जीवित फुटबलरको सूचिमा उनी पर्नुले यसलाई पुष्टि गर्दछ ।

बेकह्याम विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडी पनि हुन् । सन् २०१३ मा उनी यो सूचिमा पर्दा एक वर्षमा ५ करोड अमेरिकी डलर कमाएका थिए

आफ्नो २० वर्षे फुटबल करिअरलाई सन् २०१३ मा अन्त्य गरी अहिले लोक कल्याणकारी कार्यमा संलग्न रहेका बेकह्यामले आफ्नो फुटबल जीवनमा इंगल्याण्डको राष्ट्रिय टोलीका साथै व्यवसायिक रुपमा इंगल्याण्डको म्यानचेष्टर युनाइटेड, प्रेस्टन नर्थ इण्ड, स्पेनको रियल म्याड्रीड, इटालिको मिलान, अमेरिकाको एलए ग्यालेक्सी तथा फ्रान्सको पेरिस सेन्ट जर्मेनबाट फुटबल खेले ।

बेकह्याम विभिन्न ४ देशका फुटबल क्लबबाट लिग टाइटल जित्ने पहिलो बेलायती खेलाडी हुन्, जसले इंगल्याण्ड, स्पेन, अमेरिका र फ्रान्सका क्लबबाट फुटबल खेल्दा त्यहाँको लिग उपाधि आफ्नो क्लबलाई जिताउन सफल भए ।

फुबटल कौशलले निकै पोख्त मानिने बेकह्यामको पासिङ, क्रसिङ, तथा फ्री किकको शैली निकै उत्कृष्ट मानिन्छ ।
फिफा वर्ष खेलाडी बन्न नसकेपछि उनी दुई पटकसम्म रनर अप बन्न सफल भए ।

सत्र वर्षको उमेरमा उनले म्यानचेष्टर युनाइटेडबाट सन् १९९२ मा आफ्नो व्यवसायिक फुटबल सुरु गरे । युनाइटेडबाट उनले ६ पटक प्रिमियर लिग, २ पटक एफए कप र एकपटक च्याम्पिएन्स लिगको उपाधि जिते ।

त्यसपछि स्पेनी क्लब रियाल म्याड्रिडमा ४ सिजन खेलेका बेकह्यामले रियललाई एकपटक उपाधि दिलाए ।

सन् २००७ मा उनी अमेरिकी मेजर लिग सकर क्लब एल ए ग्यालेक्सीमा ५ वर्षका लागि अनुबन्धित भए । एल ए ग्यालेक्सीमै रहँदा उनी २ वर्ष इटालीयन क्लब मिलानमा ऋणमा आए । उनी च्याम्पियन्स लिगका १ सय वटा खेल खेल्ने पहिलो बेलायती फुटबलर पनि हुन् ।

सन् १९९६ मा २१ वर्षको हुँदा उनले पहिलोपटक इंगल्याण्डको राष्ट्रिय टोलीमा डेब्यु गरे । उनी ६ वर्षसम्म राष्ट्रिय टोलीको क्याप्टेन रहे र ५८ क्याप जिते । तीनवटा विश्वकपसँगै उनले राष्ट्रिय टोलीबाट ११५ वटा अन्तराष्ट्रिय खेल खेले ।

खेलमा झेलका लागि पनि बेकह्याम चर्चित नै छन् र उनी अलि रिसाहा प्रवृत्तिका पनि छन्

त्यस्तै उनले युरोपेली च्याम्पियनसीपका सन् २००० र २००४ का दुईवटा प्रतियोगितामा पनि सहभागिता जनाए ।
बेकह्याम विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडी पनि हुन् । सन् २०१३ मा उनी यो सूचिमा पर्दा एक वर्षमा ५ करोड अमेरिकी डलर कमाएका थिए ।

भिक्टोरिया बेकह्यामसँग सन् १९९९ मा विवाह गरेका बेकह्यामका ४ सन्तान छन् । सन् २००५ देखि उनी युनिसेफ युकेको सदभावना दूत रहेका छन् ।

यही वर्ष उनले विश्वमा खतरामा परेका बालबालिकाको सहयोगार्थ सेभेन : दी डेभिड बेकह्याम युनिसेफ फण्ड नामक कोष सिर्जना गरेका छन् ।

खेलमा झेलका लागि पनि बेकह्याम चर्चित नै छन् र उनी अलि रिसाहा प्रवृत्तिका पनि छन् । दुईवटा रेड कार्ड खाने र रेड कार्ड खाएर मैदान बाहिर पठाइएका उनी इंगल्याण्डका एकमात्र फुटबल क्याप्टेन हुन् ।

सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाका खेलाडी डीएगो सिमेनलाई उनले गरेको आक्रमण निकै चर्चित मानिन्छ ।

बेकह्यामले आफ्नो शरीरमा छोरा तथा श्रीमतीको नामको समेत टाटु खोपाएका छन्

स्पेनिस क्लब रियल म्याड्रिडमा हुँदा समेत उनले ४१ वटा पहेँलो कार्ड तथा ४ वटा रातो कार्ड खाएका थिए । पेरिस सेन्ट जर्मेनमा रहँदा पनि उनले एउटा रातो कार्ड खाए ।

सन् २००० देखि २०१३ मा ४२० वटा खेलमा उनले ७ वटा रातो कार्ड खाए जुन औषतमा हरेक ६० वटा खेलमा एउटा रातो कार्ड थियो ।

बेकह्याम आफ्नो शरीरमा बनाएका टाटुका कारण पनि चर्चामा छन् ।

उनले सन् २०१३ सम्म शरीरमा ३२ वटा टाटु बनाएका थिए । बेकह्यामले आफ्नो शरीरमा छोरा तथा श्रीमतीको नामको समेत टाटु खोपाएका छन् ।

यो पनि पढ्नुहोस्

भक्तपुरमा फुटवल कला सिकाउँदै बेकहृयाम

डेभिड बेकहृयामले भक्तपुरमा टेम्पो चलाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment