+
+

डेभिड बेकहृयामले भक्तपुरमा टेम्पो चलाए

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २० गते १६:३४

David-Beckham-Draving-Tampo-At-Nepal-1

२० कात्तिक, काठमाडौं । बिहीबार नेपालका आएका इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयामले भक्तपुरमा टेम्पो चलाएका छन् ।

बालबालिकासँग फुटबल खेल्न भक्तपुर गएका उनले सल्लाघारीमा केहीबेर सफा टेम्पो पनि चलाएका हुन् । फुटबलर बेकहृयामले टेम्पो चलाइरहेका धेरै फुटबल समर्थक भने आश्चर्यमा परेका थिए ।

David-Beckham-Draving-Tampo-At-Nepal-2

तर, उनले पूर्व योजना अनुसार नै बा १ झ ४८४३ नम्बरको सफा टेम्पो चलाएका हुन् ।

चर्चित फुटबलर बेकहृयाम बीबीसीको एक डकुमेन्ट्री छायांकनका क्रममा बिहीबार काठमाडौं आएका हुन् । विमानस्थलबाट सिधै भक्तपुर गएका उनले दरबार स्क्वायर अवलोकन गर्नुका साथै बालबालिकासँग फुटबल खेलेका छन् ।

तस्वीरः नभेश चित्रकार 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?