News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन्।
- इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार नहुने बताएका छन्।
- पाकिस्तानको राजधानी इस्लामाबादमा दोस्रो चरणको वार्ताका लागि तयारी भइरहेको छ, तर इरानले वार्तामा सहभागी हुने निर्णय भइनसकेको बताएको छ।
८ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् ।
जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया दिएका हुन् ।
अमेरिकी नाकाबन्दीले इरानलाई पूर्णतया ध्वस्त गरिरहेको दाबी गर्दै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘उनीहरू दैनिक ५ सय मिलियन डलर गुमाइरहेका छन् । यस्तो लामो समयसम्म चल्न असम्भव छ ।’
उता, इरानले बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी नहटाउँदासम्म वार्ता नहुने बताइसकेको छ ।
यद्यपि, पाकिस्तानको राजधानीमा सम्भावित वार्ताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तर, बैठकमा अमेरिकाको प्रतिनिधित्व गरेका उपराष्ट्रपति जेडी भान्स अहिलेसम्म वासिङ्गटन छाडेका छैनन् ।
इरानले पनि अहिलेसम्म वार्तामा सहभागी हुने–नहुने बारे तय गरिनसकेको बीबीसीले जनाएको छ ।
ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य : इरान
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य नरहेको बताएको छ । अमेरिकासँगको अघिल्लो वार्तामा सहभागी इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले ट्रम्पको धम्कीका बीच इरानले वार्ता नस्वीकार्ने बताएका हुन् ।
गालिबाफले एक्समा लेखेका छन्, ‘हामी धम्कीको छायामा वार्ता स्वीकार गर्दैनौं । विगत दुई हप्तादेखि हामीले युद्धभूमिमा नयाँ चालहरू चाल्ने तयारी गरिसकेका छौं ।’
ट्रम्पले घेराबन्दी गरेर र युद्धविराम तोडेर वार्ताको मेजलाई आफ्नो कल्पनामा आत्मसमर्पणको मेज बनाउने वा युद्धलाई जायज ठहराउने प्रयास गरिरहेका उनको भनाइ छ ।
गालिबाफले अमेरिकासँगको पहिलो चरणको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । अहिले पाकिस्तानको राजधानी इस्लामाबादमा दोस्रो चरणको वार्ताका लागि तयारी भइरहेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने बताइसकेका छन् । तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने वार्ताका लागि निर्णय भइनसकेको बताएका छन् ।
प्रतिक्रिया 4