Comments Add Comment

छिर्के दाउले गुम्यो राप्रपाको मन्त्री पाउने अवसर

२४ कात्तिक, काठमाडौं । पार्टीको आधिकारिकता विवादका कारण सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ ।

pashupati samser and Lokendraलोकेन्द्रबहादुर चन्द र पशुपति शमसेर राणाले आ-आफूलाई अध्यक्ष दाबी गरिरहेको र संसदीय दलमा चन्द पक्षको बहुमत रहेका कारण एकले अर्कोलाई छेक्ने क्रममा राप्रपाले सत्ता यात्रा स्थगन गरेको हो ।

चन्द पक्षबाट सुनिलबहादुर थापा र विक्रम पाण्डे तथा राणा पक्षबाट दीपक बोहोराले मन्त्री बन्न प्रयास गरिरहेका थिए । प्रधानमन्त्री केपी ओलीले दुवै पक्षलाई मिलेर आउन आग्रह गरेपछि राप्रपाले अहिले मन्त्री बन्ने कोर्ष नै बन्द गरेको हो ।

राप्रपा महामन्त्री तथा संसदीय दलका नेता दीपक बोहोराले भने-एमालेले मन्त्री बन्न आउ भनेको छैन, केही साथीले पार्टीको आधिकारिकता विवाद निकाले पनि पशुपति शमसेर नै बैधानिक अध्यक्ष हुन् ।

तर, प्रधानमन्त्रीलेनै मन्त्रीको नाम नमागेपछि हामीले बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेका छौं ।

दीपक बोहोराले आफूलाई मन्त्री बनाउन एमाले उपमहासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलमार्फत निकै प्रयत्न गरेका थिए । तर, ओलीले राप्रपाको विवादमा आफू नपस्ने भन्दै मिलेर आउन सुझाव दिएको स्र्रोतले जनाएको छ ।

चन्द पक्षका महामन्त्री तथा सांसद विक्रम पाण्डेले भने निर्वाचन आयोगले चन्द नेतृत्वको राप्रपालाई बैधानिकता दिए पनि केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले ढिलाइ भएको बताए ।

पाण्डेले भने-संसदीय दलमा १२ मध्ये ८ सांसद हामीतिर छन्, ४ जना दीपक बोहोरासँग छन् । तर, सरकारमा सहभागी हुने कुरा हामीले नै अहिलेलाई स्थगन गरेका हौं । हामी बाहिर बसेरै सरकारलाई सघाउँछौं ।

निर्वाचन आयोगमा लोकेन्द्र र पशुपतिमध्ये को आधिकारिक भन्ने विवाद कायमै छ । यद्यपि चन्दको पक्षमा बहुमत केन्द्रीय सदस्यले उभिएर निर्वाचन आयोगमै सनाखत गरिसकेका छन् ।

केन्द्रीय सदस्यहरुलाई आफ्नो पक्षमा पार्न राणा पक्षले आर्थिक चलखेल गरे पनि त्यो सम्भव नभएको केन्द्रीय सदस्य किरण गिरीले बताए ।
राणाले चन्दलाई अध्यक्ष स्वीकार गरेर हस्तान्तरण गर्ने र चन्दले एक वर्षपछि प्रकाशचन्द्र लोहनीलाई अध्यक्ष हस्तान्तरण गर्ने लिखित सहमति हुन लागेको राप्रपा स्रोतले जनाएको छ ।

लोहनीले महाधिवेशन गरेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने अनौपचारिक सहमति हुन लागेको चर्चा राप्रपामा चलेको छ । यसबीचमा सूर्यबहादुर थापाको निधनपछि रिक्त रहेको उच्चस्तरीय कार्य सम्पादन समितिमा छोरा सुनील थापालाई लगिनेछ ।

सुनीलले आफूलाई महामन्त्री बनाउन पनि प्रस्ताव गरेको स्रोतको दाबी छ । उनी महाधिवेशबाट राप्रपाको अध्यक्ष भई सूर्यवहादुरको विरासत अघि बढाउने सूरमा छन् ।

दीपक बोहोरालाई मन्त्री बन्नबाट रोक्न सफल भएका थापा सके आफैं हुने, त्यसो नभए पार्टीमा उच्च नेतृत्व सुुरक्षित गर्दै विक्रम पाण्डेलाई मन्त्री बन्न सघाउने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment