Comments Add Comment

चीनबाट थप २ लाख ७० हजार लिटर पेट्रोल नेपाल भित्रियो

Nepali Tanker Rasuwagadi (1)

२५ कात्तिक, काठमाडौं । चीनले अनुदानमा दिएको २ लाख ७० हजार लिटर पेट्रोल रसुवागढी नाकाबाट बुधबार नेपाल भित्रिएको छ ।

चीनले अनुदानमा दिएको १३ लाख लिटरमध्ये बुधबार मात्रै २ लाख ७० हजार लिटर पेट्रोल नेपाल आएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । तेल बोकेका २६ वटा ट्यांकर बिहीबार राति नै काठमाडौं आइपुग्ने नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिए ।

अब चीनबाट ३ लाख ७५ हजार लिटर अनुदानको पेट्रोल नेपाल भित्रिन बाँकी छ । बाँकी तेल लिन तिहारपछि एकैपटक ट्यांकर पठाउने आयल निगमको योजना छ ।

चीनसँग ब्यापारिक रुपमा तेल ल्याउन सम्झौता हुनुअघि नै कारोबार सुरु गर्न आयल निगमले चाइना नेशनल पेट्रोलियम कर्पोरेशन (पेट्रो-चाइना) लाई आग्रह गरेको छ ।

अनुदानको पेट्रोलको धारैटी राजश्व स्वरुप आयल निगमले ३ करोड ६४ लाख रुपैयाँ रसुवागढी भन्सारलाई एकैपटक बुझाएको छ । आयल निगमले चीनबाट आएको पेट्रोलको वितरण सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment