Comments Add Comment

ओलम्पिक छनोट : नेपाल म्यानमारसँग पराजित

२० चैत, काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो नेपाल म्यानमारसँग पराजित भएको छ ।

मन्दलर थिरी रंगशालामा भएको खेलमा नेपाल म्यानमारसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।

खेलको २३औं मिनेटमा नै उ विन थु माईले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । तर नेपालले पहिलो हाफको अन्तिम समयमा गोल फर्काएको थियो । पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै १–१ गोल को बराबरीमा ल्याएको थियो । यसअघि अतिरिक्त समयमै नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । कप्तान निरु थापाले प्रहार गरेको बल बारमा लागेर फर्किएपछि बराबरी बनाउनबाट नेपाल चुकेको थियो ।

पहिलो हाफमा १–१ गोल को बराबरी खेलेको नेपालले दोस्रो हाफमा थप एक गोल खाँदै पराजित भएको हो । म्यानमारले खेलको ४८औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै २–१ गोलको अग्रता बनाएको थियो । खेलको अतिरिक्त समयमा म्यानमारले अर्को गोल थप्दै ३–१ गोलको जित हात पारेको हो ।

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् ।

दोस्रो खेलमा नेपालले अब भारतसँग ६ अप्रिल प्रतिस्पर्धा गर्दैछ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment