+
+

माछा मार्ने क्रममा विस्फोटक पदार्थ पड्काउँदा सेनाको मृत्यु

२५ कात्तिक, देउखुरी । माछा मार्न विष्पोटक पदार्थ पड्काउँदा दाङको देउखुरीमा एक सैनिकको मृत्यु भएको छ ।

दाङ लमही नगरपालिका वडा नं. ११ कोलही नजिकको राप्ती नदीमा माछा मार्ने क्रममा विष्पोटक पदार्थ पड्किँदा ३१ बर्षीय मंगलप्रसाद चौधरीको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २५ गते १४:४५

दशरथ घिमिरे

२५ कात्तिक, देउखुरी । माछा मार्न विष्पोटक पदार्थ पड्काउँदा दाङको देउखुरीमा एक सैनिकको मृत्यु भएको छ ।

दाङ लमही नगरपालिका वडा नं. ११ कोलही नजिकको राप्ती नदीमा माछा मार्ने क्रममा विष्पोटक पदार्थ पड्किँदा ३१ बर्षीय मंगलप्रसाद चौधरीको मृत्यु भएको हो ।

घर विदामा आएका नेपाली सेना कालीदल गण सुर्खेतमा लेस नाइक पदमा कार्यरत चौधरीको घट्नास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमण बहादुर शाहीले जानकारी दिए ।

माछा मार्न को को गएका थिए भन्ने विषयमा अझै खुल्न सकेको छैन् । प्रहरीले घटनाको अध्ययन गरीरहेको वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?