Comments Add Comment

५० मेगावाट सौर्य उर्जा उत्पादन गर्न एसियाली विकास बैंकले सहयोग गर्ने

Solar-Panels

२६ कात्तिक, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धनको चरम अभाव भइरहेका बेला एसियाली विकास बैंक (एडीबी)ले सोलार प्यानल जडानका लागि झण्डै २ अर्ब रुपैयाँ (२ करोड डलर) दिने भएको छ ।

यसबारे नेपाली अधिकारीहरुसँग कुराकानी भइरहेको एडीबीले जनाएको छ । उसका अनुसार यो रकम वातावरण क्षेत्र लगानी अन्तरगत सहुलियत ऋणका रुपमा नेपालले पाउनेछ । ‘नयाँ प्रोजेक्ट ५० मेगावाटको हुनेछ’ एडीबी कन्ट्री डाइरेन्टर केनोभी योकोयामाले भने-‘यो २०१६ को सुरुवातसम्ममा कार्यान्वयन हुनेछ ।’

एडीबीका अनुसार यो सेलार प्यानल जडानपछि उत्पादन हुने विद्युत निजी क्षेत्रको समेत संलग्नतामा प्रशारण लाइनमा जोडिनेछ । भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भएपछि सोलार प्यानल एउटा विकल्पका रुपमा हेरिएको छ ।

अर्थ मन्त्रालय बैदेशिक सहयोग महाशाखा प्रमुख मधु मरासिनीले बुधबार ट्वीट गरेका छन्-‘आज विहानको पहिलो कल एडीबी हेडक्वाटर मनिलासँग । तुरुन्तै कम्तिमा ५० मेगावाट सोलार प्यानल जडान गर्न सहयोग परिचालन गर्ने ।’

उनका अनुसार यो प्रोजेक्टका लागि रकम उपलब्ध गराउन एसीयाली विकास बैंक सैद्धान्तिक रुपमा सहमत भएको छ ।

यसअघि पनि विश्व बैंकले २५ मेगावाट सौर्य विजुली उत्पादन गर्ने भन्दै आवश्यक सामाग्री समेत खरिद गरिदिएको थियो । तर, उर्जा मन्त्रालय र विद्युत प्रापिधकरणको विवादका कारण अझैसम्म विद्युत उत्पादन हुन सकेको छैन् ।

मागअुनसार बिद्युत उत्पादन हुन नसक्दा नेपालीहरुले दैनिक १२ घण्टासम्म लोडसेडिङ भोग्दै आएका छन् । भारतले नाकाबन्दी गरिरहेका बेला उर्जा विविधिकरणको चर्चा चलिरहे पनि अहिलेसम्म ४५० किलोवाट सौर्य उर्जामात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

बिश्व वैंकले उत्पादन गर्ने भनिएको २५ मेगावाट सौर्य उर्जाकै हालत नभएको अबस्थामा एशियाली विकास बैंकको परियोजनामार्फत् सन् २०१६ को सुरुवातमै ५० मेगावाट सौर्य उर्जा राष्ट्रिय प्रसारणमा जडान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment