Comments Add Comment

मनिषाले राखिन् महिला बडिगार्ड, महिलाले सुरक्षा गर्ने जिकिर

manisha-and-her-bodygurardचर्चित नायिका मनिषा कोइरालाले महिला बडिगार्ड राखेकी छिन् । मनिषाको इन्स्ट्राग्राममा उनको र महिला बडिगार्डको तस्बिर राखिएको छ ।

मनिषाले महिला बडिगार्ड राख्नुको पनि कारण खुलाएकी छिन् । मनिषाले महिला अंगरक्षक राखेको जानकारी दिदै महिला बडिगार्डले मात्र एक अर्काको सुरक्षा गर्न सक्ने बताएकी छिन् । उनले लेखेकी छिन्-‘तपाइले परिवारबाटै यस्तो कामको थालनी गर्नु भनेको यो सन्देश समाजभरि फैलनु पनि हो ।’

बलिउडमा कलाकारहरुले आफ्नो सुरक्षाका लागि बडिगार्ड राख्ने गरेपनि महिला भने देखिदैनन् । नायिकाहरुको सुरक्षाको जिम्मा पनि पुरुष बडिगार्डले लिएको पाइन्छ ।

तर, मनिषाले भने महिलाले महिलाको सुरक्षा गर्न सक्ने भन्दै नयाँ सन्देश प्रवाहा गर्न खोजेकी छिन् । क्यान्सरमुक्त भएपछि मनिषा अहिले बलिउडमा फेरि काम गर्ने दौडमा छिन् । नेपाली कलाकारमा भने बडिगार्ड राख्ने सोच अहिलेसम्म देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment