+

विष्टलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता

२०७२ कात्तिक  २९ गते १६:३८ २०७२ कात्तिक २९ गते १६:३८
विष्टलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता

Keshab-bista-final

२९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव केशवकुमार विष्टलाई हटाउन अख्तियारले गरेको सिफारिस कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले अघिल्लो आदेशलाई निरन्तरता दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय फाइल मगाएको छ ।

अख्तियारले असोज १८ मा सदस्य सचिव विष्टलाई हटाउन सिफारिस गरेको थियो । अख्तियारको सिफारिसविरुद्ध विष्ट सर्वोच्च गएपछि कात्तिक १३ गते सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय