+
+

आलु र प्याजको मूल्य घट्याे

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १०:५३

३० कात्तिक, काठमाडौं । भारतीय भन्सारहरुले कुहिनसक्ने आफ्ना उत्पादनलाई प्राथमिकताका साथ छाडेपछि बजारमा आलु र प्याजको भाउ सस्तिएको छ । नयाँ आलु र प्याज प्रशस्त उत्पादन भएको समयमा भारतले अन्य वस्तु रोकेर पनि आालु प्याज सहित अन्य तरकारी सहज रुपमा भन्सार पास गरेर पठाइरहेको छ ।

onionनेपालमा इन्धनको अभावले तरकारीको खपत घटेको समयमा भारतीय उत्पादन प्रशस्त आउँदा आलु र प्याज सस्तिएको कालीमाटी तरकारी तथा फलफूल बजारका ब्यापारी भगवानचन्द्र उप्रेतीले अनलाइनखबरलाई बताए ।

भारतीय आलुको मूल्य अहिले थोकमा २२ रुपैयाँ प्रतिकिलो छ । नेपाली आलु भने प्रतिकिलो ३५ रुपैयाँसम्म बिक्री भइरहेको छ । भारतीय आलुको खुद्रा मूल्य ३० रुपैयाँसम्म छ भने नेपाली आलुको ४० देखि ४५ रुपैयाँ छ ।

यसैगरी केहि समयअघि १ सय ५५ रुपैयाँ प्रतिकिलोसम्म पुगेको प्याजको थोक मूल्य अहिले ५५ देखि ६० रुपैयाँमा झरेको उप्रेतीले बताए । प्याजको खुद्रा मूल्य पनि आधा सस्तिएको छ । भारतीय भेँडे खुर्सानी प्रतिकिलो ६० रुपैयाँ छ भने करेला भिन्डी किलोको ९० देखि सय रुपैयाँसम्ममा बिक्री भएको छ ।

भारतले अन्य सामग्री बोकेका गाडीलाई नछाडे पनि तरकारी बोकेका गाडीलाई सहजै छोड्ने गरेको छ । त्यसैका कारण भारतीय आलु र प्याजको मूल्य सस्तिएको हो ।

उपभोक्ताको घरमा खाना बनाउने इन्धनको अभावका कारण काठमाडौंमा तरकारीको माग समान्य अवस्थामा भन्दा आधा घटेको छ । दैनिक १२ सय मेटि्रक तरकारीको माग हुने काठमाडौंमा अहिले ५ सय मेटि्रक टन पनि मुस्किलले खपत भइरहेको ब्यापारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?