News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परान'ले देशब्यापी १७ करोड ६१ लाख ५ हजार २८८ नेरु ग्रस कमाएको छ।
- फिल्म 'पीआर'ले ५ पुससम्म ६ लाख ६८ हजार ६३३ नेरु ग्रस कमाएको छ।
- फिल्म 'हर्ष'ले सोही अवधिसम्म २८ लाख ७८ हजार ५३६ नेरु ग्रस कमाएको छ।
काठमाडौं । यस साताको बक्सअफिस कलेक्सन विवरण सार्वजनिक भएको छ । पछिल्लो शनिबार अर्थात ५ पुससम्मको सिनेपाः बक्सअफिसको विवरण आएको हो ।
जसअनुसार, शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ ले देशब्यापी ६ लाख ६८ हजार ६३३ नेरु ग्रस कमाएको छ । यसका २१०९ वटा टिकट बिकेका छन् ।
खगेन्द्र लामिछाने अभिनित ‘हर्ष’ ले सोही अवधिसम्म २८ लाख ७८ हजार ५३६ नेरु ग्रस कमाएको छ । यसका ८८६६ वटा टिकट बिकेका छन् ।
कामेश्वर चौरासिया स्टारर ‘अभिमन्यु’ ले २१ लाख ४८ हजार ७०२ नेरु ग्रस कमाएको छ । यसका ६८५० वटा टिकट बिकेका छन् ।
यशराज गाराच अभिनित ‘लोकन्ती’ ले ४ लाख १ हजार ३४० नेरु ग्रस कमाएको छ । यसका १३५७ टिकट बिकेका छन् ।
‘चिराग’ ले ६८ जार ४५० नेरु ग्रस कमाएको छ । यसका ३३० वटा टिकट बिकेका छन् ।
‘परान’ ले देशब्यापी १७ करोड ६१ लाख ५ हजार २८८ नेरु ग्रस कमाएको छ । यो फिल्मका ६ लाख २५ हजार ६२५ वटा टिकट विक्री भएका छन् ।
प्रतिक्रिया 4