News Summary
Generated by OK AI. Editorially reviewed.- नीर शाह स्टारर ‘परान’ नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाउने चौथो फिल्म बनेको छ।
- फिल्मले प्रदर्शनको ४९ औं दिनसम्म देशब्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ।
- ‘परान’ ले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइ उछिनेको छ र तीन फिल्मभन्दा बढी कमाइ गर्ने फिल्ममध्ये पर्छ।
काठमाडौं । नीर शाह स्टारर ‘परान’ नेपाली फिल्म इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो फिल्म बनेको छ ।
प्रदर्शनको ४९ औं दिन विहिबार (३ पुस) सम्म फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ ।
यो कमाइसँगै फिल्मले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई पनि उछिनेको छ ।
‘छक्कापञ्जा ४’ को कमाइ १७ करोड ५३ लाख २ हजार ६११ नेरु ग्रस र ‘जारी’ को कमाइ १७ करोड ४८ लाख १ हजार ४५९ नेरु ग्रस थियो । ‘परान’ ले शनिबार प्रदर्शनको गौरवमय ५१ दिन मनाउँदैछ ।
अब, ‘परान’ भन्दा धेरै कमाइ गर्ने तीन फिल्ममा ‘१२ गाउँ’, ‘कबड्डी ४’ र सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ मात्र छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4