News Summary
Generated by OK AI. Editorially reviewed.- दीपक आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ले प्रदर्शनको २७ औं दिनसम्म १५ करोड ३२ लाख नेरु ग्रस कमाएको छ।
- ‘परान’ले ‘छक्कापञ्जा ५’, ‘छक्कापञ्जा २’ र ‘कोहिनूर’को कमाइलाई उछिनेको छ।
- ‘परान’ले सर्वकालिन आठौं धेरै कमाउने नेपाली फिल्मको स्थान ओगटेको छ र पाँचौं सप्ताहन्तमा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’को कमाइ उछिन्ने प्रक्षेपण छ।
काठमाडौं । दीपक आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा एकपछि अर्को व्यवसायिक कीर्तिमान रचिरहेको छ । यो फिल्म सर्वकालिन आठौं धेरै कमाउने नेपाली फिल्म बनेको छ ।
प्रदर्शनको २७ औं दिन बुधबारसम्म सिनेपाः बक्सअफिसमा यसले १५ करोड ३२ लाख नेरु ग्रस कमाएको छ ।
नीर शाह स्टारर फिल्मले ‘छक्कापञ्जा ५, छक्कापञ्जा २ र ‘कोहिनूर’ को कमाइलाई उछिनेको छ । कमाइमा उछिनेसँगै ‘परान’ धेरै कमाउने नेपाली फिल्मको सूचीमा ८ औं स्थानमा उभिएको हो ।
कमाइको यो गति कायम रहे फिल्मले पाँचौ सप्ताहन्तमा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को कमाइलाई उछिन्ने प्रक्षेपण गरिएको छ । यी दुई फिल्मसँग ‘परान’को व्यवसायिक दूरी त्यति टाढा छैन ।
प्रतिक्रिया 4