+
+
Shares

‘परान’ ले ‘जारी’ को कमाइलाई उछिन्न ८ लाख कमाउनुपर्ने !

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीर शाह स्टारर फिल्म ‘परान’ले ‘जारी’ को पहिलो भागलाई कमाइमा ८ लाख ५१ हजार नेरु कम अन्तरले उछिन्ने सम्भावना देखाएको छ।
  • ‘परान’ले पछिल्लो शनिबारसम्म १७ करोड ३९ लाख ४९ हजार ५०१ नेरु ग्रस कमाएको छ, जसमा आइतबार र सोमबारको कमाइ समावेश छैन।
  • खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित ‘हर्ष’ले २८ लाख ७६ हजार २८३ नेरु र कामेश्वर चौरासिया स्टारर ‘अभिमन्यू : च्याप्टर १’ले २१ लाख १० हजार २०५ नेरु ग्रस कमाएको छ।

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले कमाइमा दयाहाङ राई स्टारर ‘जारी’ को पहिलो भागलाई उछिन्ने बलियो सम्भावना देखिएको छ । यी दुईबीच कमाइमा ८ लाख ५१ हजार नेरु ग्रसभन्दा कम अन्तर बाँकी छ ।

‘परान’ ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा १७ करोड ३९ लाख ४९ हजार ५०१ नेरु ग्रस कमाएको छ । यो कमाइमा आइतबार र सोमबारको हिस्सा जोडिएको छैन ।

‘जारी’ को पहिलो भागले १७ करोड ४८ लाख १ हजार ४५९ नेरु ग्रस कमाएको थियो ।

हर्ष र अभिमन्यूले अहिलेसम्म कति कमाए ?

खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ ले घरेलु बक्सअफिसमा पछिल्लो शनिबारसम्म २८ लाख ७६ हजार २८३ नेरु ग्रस कमाएको छ ।

सोही अवधिसम्म फिल्मका ८ हजार ७६६ वटा टिकट बिकेका छन् ।

कामेश्वर चौरासिया स्टारर फिल्म ‘अभिमन्यू : च्याप्टर १’ ले पछिल्लो शनिबारसम्म २१ लाख १० हजार २०५ नेरु ग्रस कमाएकोछ । यो फिल्मका ६ हजार ६८६ टिकट बिकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?