+
+
Shares
बक्सअफिस :

‘परान’ को कमाइ १७ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीर शाह स्टारर फिल्म 'परान' ले २० मंसिरसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ नेरु ग्रस कमाएको छ।
  • आइतबारसम्म फिल्मको कमाइ १७ करोड नाघेको र सोमबार अपरान्हसम्म १७ करोड १० लाख नेरु हाराहारी पुगेको छ।
  • फिल्मले अहिलेसम्म ५ लाख ९८ हजार ३०९ टिकट बिक्री गरेको र सन् २०८२ को सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा १७ करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरेको छ ।

सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार २० मंसिरसम्म फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३५४ नेरु ग्रस कमाएको छ ।

आइतबारसम्मको हिसाब जोड्दा फिल्मको कमाइ १७ करोड नाघेको छ । सोमबार अपरान्हसम्म फिल्मको कमाइ १७ करोड १० लाख ग्रस हाराहारीमा पुगेको छ ।

सोही अवधिसम्म फिल्मका ५ लाख ९८ हजार ३०९ वटा टिकट बिकेका छन् ।

दीपक आचार्य काकु निर्देशित फिल्मले अभिभावक र सन्तानबीचको मर्मस्पर्शी सम्बन्धको कथा भन्छ । यो फिल्म अहिलेसम्म सन् २०८२ को सर्वाधिक कमाइ गर्ने फिल्म समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?