+
+
Shares

जब प्रेम निर्णय बन्छ- अन्जली अधिकारीको ‘यो जुनीमा’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक तथा पत्रकार कुसुम भट्टराईको नयाँ गीत ‘यो जुनीमा’ को म्युजिक भिडियोमा प्रेमको भावनात्मक द्वन्द्वलाई प्रस्तुत गरिएको छ।

प्रेम कहिलेकाहीँ विकल्प होइन, बाध्यता बन्छ । यही भावनात्मक द्वन्द्वलाई दृश्यमा उतार्ने प्रयास गरिएको छ गायक तथा पत्रकार कुसुम भट्टराईको नयाँ गीत ‘यो जुनीमा’ को म्युजिक भिडियोमा ।

भिडियोमा चर्चित मोडल अन्जली अधिकारी दुई पात्र-रमेश भण्डारी र उमेश बराल-बीच अलमलिएको प्रेमिकाको भूमिकामा देखिएकी छन् । कथाले प्रेमभित्र लुकेका भ्रम, निर्णयको कठिनाइ र मनोवैज्ञानिक संघर्षलाई संवेदनशील रूपमा प्रस्तुत गर्छ।

विवेक हिङ्माङको निर्देशनमा तयार गरिएको भिडियोले परम्परागत प्रेमकथा भन्दा फरक ढंगले भावनालाई प्रस्तुत गर्ने प्रयास गरेको छ। निर्देशक हिङ्माङका अनुसार, ‘यो भिडियो भावनाको प्रदर्शनभन्दा पनि सम्बन्धभित्रको द्वन्द्व र मौन पीडालाई देखाउने कथा हो ।’

पूर्वका रमणीय प्राकृतिक स्थलहरूलाई पृष्ठभूमि बनाएर छायांकन गरिएको भिडियोलाई क्यामेराम्यान सन्देश मोतेले जीवन्त बनाएका छन् । भिडियोको निर्माण पत्रकार किशोर श्रेष्ठले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?