+

बीपीएल खेल्न सन्दीप बंगलादेश प्रस्थान

२०८२ पुष  ७ गते १९:५७ २०८२ पुष ७ गते १९:५७
बीपीएल खेल्न सन्दीप बंगलादेश प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश प्रस्थान गरेका छन्।
  • सन्दीपलाई एनपीएल फ्रेन्चाइज टिम विराटनगर किङ्सका टिम डिरेक्टर दिपेन्द्र चौधरी र टिम म्यानेजर विजय धितालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।
  • सन्दीपलाई यस सिजन राजशाही वारियर्सले अनुबन्ध गरेको छ र उनले बीपीएल २०१८/१९ मा सिलेट सिक्सर्सबाट ६ खेलमा ४ विकेट लिएका थिए।

७ पुस, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश प्रस्थान गरेका छन् ।

उनलाई एनपीएल फ्रेन्चाइज टिम विराटनगर किङ्सका टिम डिरेक्टर दिपेन्द्र चौधरी र टिम म्यानेजर विजय धितालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे ।

सन्दीपलाई यस सिजन राजशाही वारियर्सले अनुबन्ध गरेको थियो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् ।

सन्दीपले यसअघि बीपीएल २०१८/१९ मा सिलेट सिक्सर्सबाट एक सिजन खेलेका थिए। उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट लिएका थिए ।

सन्दीप लामिछानेको कप्तानीमा भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सले प्लेअफसम्मको यात्रा तय गरेको थियो ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय