+

टेलरले तोडे ११२ वर्ष पुरानो रेकर्ड

२०७२ कात्तिक  ३० गते १३:५३ २०७२ कात्तिक ३० गते १३:५३
टेलरले तोडे ११२ वर्ष पुरानो रेकर्ड

Ross-Taylor

३० कात्तिक, काठमाडौं । न्यूजिल्याण्डका रोज टेलरले ११२ वर्ष पुरानो रेकर्ड तोडेका छन् ।

टर्थ टेष्टको चौथो दिन टेलर २९० रनमा आउट भए । तेहेरो शतक बनाउन मात्र १० रनले चुकेका उनले अष्ट्रेलियामा सर्वाधिक रन बनाउने भ्रमणकारी ब्याट्सम्यान बनेका छन् ।

टेलरले इंग्ल्याण्डमा टीप फोस्टरको ११२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । फोस्टरले सन् १९०३ मा इंग्ल्याण्डबाट खेलेका उनले २८७ रन बनाएका थिए ।

३१ वर्षका टेलरको यो स्कोर देश बाहिर कुनै पनि किविज ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो भने समग्रमा सर्वाधिक तेस्रो रन हो ।

पहिलो पारीमा ५६७ मिनेट ब्याटिङ गर्दै ३७४ बलको समना गरेका उनले ४३ चौका हाने । यो कुनै पनि ब्याट्सम्यानले अष्ट्रेलियामा टेष्टको एकै इनिङमा हानेको चौका हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय