+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

मधेसी मोर्चाले आक्रमण गरेकै ठाउँमा एमालेको बिरोधसभा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १७:३६

३० कात्तिक, मोरङ । मधेसी मोर्चाका कार्यकर्ताले आइतबार साँझ आक्रमण गरेकै ठाउँमा नेकपा एमालेले आज सो घटनाको भण्डाफोर गर्ने भन्दै बिरोधसभा आयोजना गर्न लागेको छ ।

Parshuram-Basnetमोरङ क्षेत्र नम्बर १ का सांसद ऋषिकेश पोखरेल र एमाले केन्द्रीय सदस्य महफुज आलम सहितको टोलीमाथि आइतवार मोर्चाका कार्यकर्ताले आक्रमण गरेका थिए ।

मधेशी बाहुल्य धुर्कियाको पैयाँबारीमा आयोजित कार्यकर्ता भेलापछि एमाले नेताहरुमाथि आक्रमण भएको ठाउँमै आज बिरोधसभा आयोजना गरिएको पोखरेलले बताए ।

एमालेले बिरोधसभा आयोजना गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित झडप रोक्न प्रहरी परिचालन गरिएको हो ।

एमालेले मधेसी जनतालाई संविधानका बारेमा गलत भ्रम फैलाइएको भन्दै गाउँ गाउँमा गएर कार्यकर्ता प्रशिक्षण तथा जनतालाई संविधानबारे यथार्थ जानकारी गराउने अभियान चलाएको छ ।

मोरङ क्षेत्र नम्बर १ मधेसी बाहुल्य रहेको क्षेत्र हो । गिरिजाप्रसाद कोइराला बाचुन्जेल कोइरालाले जितेको यो क्षेत्रमा यसपटक एमालेका ऋषिकेश पोखरेलले जितेका हुन् ।

कार्यकर्ता भेलाका सहभागीहरु घर फर्किएपछि नेताहरुलाई झुक्याएर लुकेर आक्रमण गरेको एमाले जिल्ला सचिवालय सदस्य रामलवाल साहले बताए । उनी पनि आक्रमणमा घाइते छन् ।

मोर्चाको आक्रमणबाट एमालेका मधेसी नेता कार्यकर्ता घाइते भएपछि स्थानीय आक्रोशित भएका छन् । मोर्चाका कार्यकर्ताले एमालेको भेलामा गएको भन्दै सर्वसाधारणलाई समेत घर घरमा गएर धम्क्याएको आरोप एमालेले लगाएको छ ।

यसैबीच एमाले सम्बद्ध युवा संघले आक्रमणकारीलाई प्रशासनले कारवाही नगरे प्रतिकार गर्ने चेतावनी दिएको छ । संघका केन्द्रीय सचिव परशुराम बस्नेतले युवा संघले एमाले नेता कार्यकर्तामाथिको आक्रमणको बदला लिने चेतावनी दिए ।

आक्रमणकारी सबैको पहिचान भइसकेको प्रहरीले जनाएको छ । सांसद पोखरेल सहित सवार गाडीका चालकले इलाका प्रहरी कार्यालय सिजुवामा आक्रमणकारी विरुद्ध किटानी जाहेरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?