+
+

 डिसीमा छठ पूजा सम्पन्न 

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्र को भर्जिनियाको प्रख्यात शहर स्टर लिङ्ग स्थित पोटोम्याक नदीको किनारमा नेपालबाट अमेरिका आएका तराई मधेसका बिभिन्न जिल्लाहरुका तराई नेपाली समुदायको पहलमा नेपाललाई झझल्को ल्याउने गरि भव्यताको साथ छठ पर्व मनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ३ गते ९:३४

DC-Chhat

विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्र को भर्जिनियाको प्रख्यात शहर स्टर लिङ्ग स्थित पोटोम्याक नदीको किनारमा नेपालबाट अमेरिका आएका तराई मधेसका बिभिन्न जिल्लाहरुका तराई नेपाली समुदायको पहलमा नेपाललाई झझल्को ल्याउने गरी भव्यताको साथ छठ पर्व मनाएका छन् ।

पोटोम्याक नदी किनारलाई छठमय बनाउदै महिलाहरुले डिसीमा तीन दिन सम्म फलाहर ,गुलियो मिठाई तथा व्रत बसी भब्यताको साथ छठ पूजा सम्पन्न भएको जानकारी एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिकाका डिसी शाखाका अध्यक्ष विजय कुमार सिंहले गराए ।

अमेरिकाको अन्य राज्यहरुमा पनि छठ पूजा गरिएको बताउदै यसलाई हरेक बर्ष अझ व्यवस्थित रुपले मनाउने लक्ष्य रहेको सिंहले बताए ।  अमेरिकामा हरेक साल बढ्दो संख्यामा टाढा टाढा बाट श्रद्धालुहरु छठ पूजामा आउने देखिएको छ l डिसीमा सम्पन्न भएको छठ पूजामा नेपालका बिभिन्न जिल्लाका तथा भारतका विभिन्न राज्यहरुमा यो पर्व मनाउने गरेका श्रद्धालु भक्तजनहरुले पूजामा सहभागी भएका थिए ।

श्रद्धालु भक्तजनहरुलाई छठ पूजामा प्रसाद बितरण गरिएको थियो भने उक्त पूजालाई भब्यता साथ मनाउन डिसी महानगरी क्षेत्रमा बसोबास गर्ने अमेरिकामा बिभिन्न पेसामा रहेका तराई मधेश मूल समुदायको तथा एसोसिएसन अफ नेपालीज इन तराई इन पहलमा गरिएको थियो ।

छठ पर्व को लागि नोभेम्बर १७ तारिखमा साँझघाट तथा नोभेम्बर १८ तारिख बिहान घाटमा बिशेष पूजा अर्चना गरिएको थियो l तीन दिन देखी व्रत बसेका व्रतालुहरुले नदीको किनारमा बनाइएको छठघाटमा उदाउदो सुर्यलाई अर्घ अर्पण गरेपछि छठ पर्व सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?