Comments Add Comment

भूकम्पछि निखिलका २ फिल्म चले, आर्यन र जीवन असफल

nikhil-aaryan-and-jiwan

भदौदेखि निरन्तर नेपाली चलचित्र प्रदर्शन भैरहेका छन् । असोजदेखि भारतको नाकाबन्दीले देशको वातावरण असहज बनेको छ । तर, पनि नेपाली चलचित्र भने महिनामा एउटा चलेकै छन् ।

भदौमा प्रदर्शनमा आएका ५ चलचित्रमध्ये ४ वटाको व्यापार राम्रो  थियो । ‘होस्टेल रिटन्र्स, भैरव, रेशम फिलिली, धुन र लव सब’ यो महिना हलमा लागेका थिए । भदौमा लागेकामध्ये ‘होस्टेल रिटन्र्स र भैरव’को व्यापार अझ सुखद थियो ।

५ बर्षपछि नायक निखिल उप्रेतीले चलचित्रको पर्दामा कमब्याक गर्दै सफलता चुमे । यो महिना प्रदर्शनमा आएका चलचित्र मध्ये नायकको चर्चा धेरै भएपनि नायिकाको भने कम भयो । निखिल उप्रेतीको चलचित्रकी नायिका अनु शाह त पुर्ण रुपमा ओझेल परिन् । चलचित्र चलेपछि भने आफू सफल भएको भन्दै गफ दिन उनी पछाडि परिनन् ।

यो महिना सुनिल रावलको ‘होस्टेल रिटन्र्स’बाट दुर्गिस ब्यानर चम्कियो भने रेशम फिलिली र लब सबको व्यापारले कलाकारलाई भन्दा निर्मातालाई नै फाइदा भयो । भदौ महिनामै चलचित्र ‘धुन’ पनि प्रदर्शनमा आएको थियो । तर, यो चलचित्रको धुन गतिलो बजेन । नायक जीवन लुइटेल र नायिका नीता ढुंगानालाई राम्रै झट्का लाग्यो ।

असोज १ गतेबाट चलेको चलचित्र ‘वडा नम्बर ६’ले पनि राम्रो व्यापार गर्‍यो । हाँस्य कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले राम्रै पैसा कमाए । कलाकारको हकमा हाँस्य कलाकार नै चलेको देखियो । नायिका पि्रयंका कार्कीको पनि चर्चा राम्रै भयो ।

असोज महिनामा अन्य चलचित्रले उल्लेखनिय व्यापार गरेनन् । यसपछि कात्तिक ३ गतेबाट चलेका चलचित्र ‘अधकट्टी, परदेशी र सुश्री’ हलमा लागे । यो लडाइमा ‘परदेशी’ निकै अगाडि देखियो । प्रशान्त तामाङ र रजनी केसी मुख्य कलाकारको रुपमा रहेपनि फाइदा नारायण रायमाझी र राजेश वंशललाई नै भयो ।

कलाकारको चर्चा कमजोर देखियो । ‘सुश्री’ चलचित्रका मुख्य नायक आर्यन सिग्देलको आकर्षण कमजोर बन्यो । बर्षको पहिलो रिलिजले नै आर्यनलाई धक्का दियो । यो चलचित्रमा आर्यनको भूमिका फरक थियो तर दर्शक आकषिर्त भएनन् । कात्तिक २५ गतेबाट चलचित्र ‘लुटेरा’ चल्यो । यो चलचित्रले पनि दर्शकलाई हलमा राम्रै तरिकाले आकर्षण गर्‍यो । निशा अधिकारी, सविन श्रेष्ठको पनि अभिनय रहेको यो चलचित्रबाट नायक निखिल उप्रेतीले सबै क्रेडिट लगे । अन्य कलाकारको चर्चा कमजोर देखियो ।

भूकम्पपछि नेपाली चलचित्र भदौबाट मात्र सहज तरिकाले प्रदर्शनमा आएका थिए । भूकम्पको मारपछि नाकाबन्दी खेप्दै  आएपनि नेपाली चलचित्रले चर्चा र व्यापार राम्रै पाइरहेको छ । मंसिरबाट यो बर्षको अन्त्यसम्म आशा गरिएका थुप्रै चलचित्र हलमा लाग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment