+
+
Shares

विनोद चौधरी र फोर्ब्सका सिइओ रारा ताल पुगेपछि… (फोटो कथा)

६ मंसिर, काठमाडौं । जतिसुकै व्यस्तताका बावजुद पनि अर्बपति विनोद चौधरी बर्षको एकपटक ट्रेकिङमा निस्किन्छन् । उनको ट्रेकिङको रोजाई हुन्छ, नेपालका प्राकृतिक वैभवले भरिपूर्ण हिमालय क्षेत्र । यसपटक उनले रोजे, रारादेखि शे-फोक्सुण्डोसम्मको यात्रा ।

यस पटक चौधरीको ट्रेकिङ अघिल्ला बर्षहरुको भन्दा झनै बिषेश किन थियो भने उनीसँगै थिए, विश्व विख्यात फोर्ब्सका प्रमुख कार्यकारी माईक पेलिस र उनकी श्रीमती मिसी । विश्वका अर्बपतिहरुको बारेमा लेख्ने फोर्ब्स पत्रिकाले नै चौधरीलाई अर्बपति घोषणा गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ६ गते १२:३८

Binod chaudhari's Trip (9)
नविन अर्याल
६ मंसिर, काठमाडौं । जतिसुकै व्यस्तताका बावजुद पनि अर्बपति विनोद चौधरी बर्षको एकपटक ट्रेकिङमा निस्किन्छन् । उनको ट्रेकिङको रोजाई हुन्छ, नेपालका प्राकृतिक वैभवले भरिपूर्ण हिमालय क्षेत्र । यसपटक उनले रोजे, रारादेखि शे-फोक्सुण्डोसम्मको यात्रा ।

यस पटक चौधरीको ट्रेकिङ अघिल्ला बर्षहरुको भन्दा झनै बिषेश किन थियो भने उनीसँगै थिए, विश्व विख्यात फोर्ब्सका प्रमुख कार्यकारी माईक पेलिस र उनकी श्रीमती मिसी । विश्वका अर्बपतिहरुको बारेमा लेख्ने फोर्ब्स पत्रिकाले नै चौधरीलाई अर्बपति घोषणा गरेको थियो ।

उनीहरुसँगै पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवाल, चौधरीका अनन्य मित्र सुधिर राई र चौधरी ग्रुपका भाइस प्रेसिडेण्ट मुन लीपनि उनीसँगै आकाश चुम्न निस्किएका थिए, मुगुदेखि डोल्पोको यात्रामा ।

फोर्ब्सका सिइओ माईकलाई नेपाल भ्रमणमा अर्बपति चौधरीले बोलाएका थिए । अक्टुर ३१ तारिखदेखि एक हप्ताको समय उनीहरु सुन्दर प्रकृतिको काखमा रमाए ।

Binod chaudhari's Trip (14)

अर्बपति चौधरीले भ्रमणको बेलामा प्रकृतीसँग साक्षात्कार मात्रै गरेनन्, मुगु र डोल्पाका जनताका लागि सामाजिक कल्याणका पाँच परियोजना कार्यान्वयन गर्ने निर्णय पनि लिए, राराको काखमा बसेर ।

अचेल उनी जहाँ पुग्छन्, त्यहाँका वासिन्दाका लागि केही न केही सामाजिक कल्याणका काम गर्ने निर्णय गर्छन् । उनका पछिल्ला गतिविधि हेर्दा यस्तो लाग्छ, अहिले उनी आफ्नो विजनेश साम्राज्य फैलाउनमा भन्दा सामाजिक कल्याणका काममा तल्लिन बन्दैछन् ।

ट्रेकिङबाट फर्किएपछि फोर्ब्स कार्यकारी माईकले एक लेखमार्फत् विनोद चौधरीमाथी टिप्पणी गरे- ‘उनी त भिजिनरी पोलिटिसिएन जस्ता पो रहेछन् ।’ Binod chaudhari's Trip (16)Binod chaudhari's Trip (8)Binod chaudhari's Trip (1)Binod chaudhari's Trip (18)Binod chaudhari's Trip (3) Binod chaudhari's Trip (4)   Binod chaudhari's Trip (7)   Binod chaudhari's Trip (12) Binod chaudhari's Trip (15)  Binod chaudhari's Trip (17)Binod chaudhari's Trip (11)Binod chaudhari's Trip (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?