१० मंसिर, काठमाडौं । बुधबार र बिहिबार २ दिनमा प्रहरीले अवैधरुपमा पेट्रोलियम पदार्थ ओसारपसार गरी बढी मुल्यमा बिक्री वितरण गर्ने चालकसहित १३ वटा गाडीलाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित प्रहरी चेकपोष्टमा चेकजाँच गर्ने क्रममा अबैध कारोबारमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीले बिहीबा प्रतिलिटर ३ सय रुपैयाँमा पेट्रोल बिक्री गरीरहेको अवस्थामा मोरङ बुद्धनगर-८ का १९ वर्षीय अनिल राजवंशी र बिराटनगर उपमहानगरपालिका-१५ का ४६ वर्षीय प्रेम दाहाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।