Comments Add Comment

उद्योग वाणिज्य महासंघले संघीयता स्थगित गर्न दबाव अभियान चलाउने

FNCCI

११ मंसिर, काठमाडौं । उद्योगी-व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले संघीयता स्थगित गर्नुपर्ने मागलाई लिएर दबावमूलक अभियान सुरु गर्ने भएको छ ।

संघियता नेपालको अर्थतन्त्रले धान नसक्ने र देशलाई द्वन्द्वमा फसाउने भएकाले स्थगित गर्नुपर्ने निस्कर्ष महासंघको छ । महासंघका अध्यक्ष पशुपति मुरारकाले छिट्टै ‘एक देश एक प्रदेश’का पक्षमा दवावमूलक अभियान सुरु गरिने अनलाइनखबरसित बताए ।

‘अहिलेको डेडलक देशले लामो समय थेग्न सक्दैन’ उनले भने-‘अब केहि दिनभित्र निकास निस्किएन भने हामी संघीयता स्थगित गर्नुपर्ने माग लिएर दवावमूलक अभियान सुरु गर्नेछौं ।’

दवावको स्वरुपका विषयमा छलफल गर्न बाँकी रहेको उनले बताए । संघियता नेपालको हितमा नरहेको कुरामा महासंघले देखि नै अडान लिदै आएको मुरारकाका बताउछन् । ‘संघीयताले देशलाई आर्थिक रुपमा पंगु बनाउछ भन्ने चिन्ता हाम्रो हो,’ उनले भने, ‘संघीयता स्थगित गरेर विकेन्दि्रकरणमा फर्किनुपर्ने पक्षमा आम-उद्योगी-व्यवसायी रहेका छन् ।’

आन्दोलनकारीले सिमांकन परिमार्जन गनुपर्ने र सरकारले परिमार्जन गर्न नसकिने अडानमा रहेकाले उत्पन्न गतिरोधको हल भनेको संघीयताको स्थगन नै रहेको मुरारकाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment