Comments Add Comment

एनसीसी बैंकमा ४ वटा विकास बैंक गाभिने

NCC Bank And Other 4 Development Bank
११ मंसिर, काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकमा राष्ट्रिय स्तरका चारवटा विकास बैंकहरु गाभिने भएका छन् । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम बैंक एनसीसी बैंकमा गाभिने भएका हुन् ।

यस प्रकृयालाई सैद्धान्तिक रुपमा अगाडि बढाउन एनसीसी बैंक र चारवटा विकास बैंकबीच शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका व्यवस्थापन समिति संयोजक लक्ष्मीप्रपन्न निरौला, इन्फ्रास्ट्रक्चरका अध्यक्ष इमानसिंह लामा, एपेक्सका अध्यक्ष विष्णु प्रसाद धिताल, सुपि्रमका अध्यक्ष चन्द्र प्रसाद वास्तोला र इन्टरनेशनलका अध्यक्ष माधव प्रसाद भट्टले हस्ताक्ष्र गरे ।

गाभ्ने गाभिने प्रकृया आगमी वैशाख मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार पाँचवटा संस्थाबाट भन्ने ‘क’ बर्गको बैंकको चुक्ता पूँजी ५ अर्ब ३ करोड रुपैयाँ, निक्षेप ४७ अर्ब ७० करोड रुपैयाँ र कर्जा ३७ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौदि्रक नीतिमा २०७४ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पूँजी बढाउनुपर्ने व्यवस्था गरेपछि पाँचवटा संस्था एक हुने निर्णय गरेका हुन् । राष्ट्र बैंकले ‘क’ बर्गको बैंकका लागि न्यूनतम चुक्ता पूँजी ८ अर्ब पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment