Comments Add Comment

घाँस काट्न गएकी महिलामाथि सामूहिक बलात्कार

रविन भट्टराई

१२ मंसिर, ताप्लेजुङ । लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला ताप्लेजुुङमा आफ्नै जेठाजु र आमाजुदाजुले बलत्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

Balatkarताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोईरालाका अनुसार जिल्लाको खोक्लिङ गाविसमा जेठाजु र आमाजुदाजुको सामुहिक बलात्कारको सिकार बनेकी ३० बर्षीया एक महिलाले प्रहरीमा उजुरी गरेकी हुन् ।

दर्ता गराएको उजुरी अनुसार ती महिलाको चारदिनको अन्तरमा ६० बर्षे जेठाजु मानबहादुर बस्नेत र पीडितकै आमाजु दाजु ४५ बर्षे जर्नादन थापाले घाँस काट्न जंगल गएको मौका छोपेर उनलाई जबर्जस्ती बलात्कार गरेका हुन् । उनका श्रीमान रोजगारका सिलसिलामा केही वर्षदेखि खाडी मुलुकमा थिए । घटनापछि श्रीमान घर फर्किएका छन् ।

दुबै अभियुक्त फरार रहेकाले खोजिकार्य जारी रहेको प्रमुख कोईरालाले बताए । उनीहरुले बलात्कार गरिसकेपछि कसैलाई भने मारिदिने भन्दै जंगलमै खुकुरी देखाएर धम्की समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment