+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपालका कन्टेनरको फर्वार्डिङ बन्द

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते ७:४१

Kolkata१३ मंसिर, काठमाडौं । मधेस आन्दोलन र नाकाबन्दीले कोलकातामा नेपाली कार्गो व्यवस्थापनमा सुरु भएको समस्या नयाँ चरणमा प्रवेश गरेको छ । त्यहाँका कन्टेनर ह्यान्डलिङ एजेन्ट (सीएचए)हरुले नेपाली कार्गोको फर्वार्डिङ (पठाउने काम) रोकेका छन् ।

तेस्रो मुलुकबाट कोलकाता आइपुगेका कन्टेनरको कागजी प्रक्रिया पूरा गरेर सीएचएले फर्वार्डिङ लेटर ढुवानीकर्तालाई दिएपछि त्यहाँबाट नेपाल ल्याउने बाटो खुल्ने गरेको नागरिकमा खबर छ ।

मंगलबारदेखि यो क्रम बन्द छ । सीएचएले नेपाली कार्गो छुटाउँदा यसअघि भुक्तान गरेको र उनीहरुले काम गरेबापतको रकम बक्यौता रहेको भन्दै यो असुल्न र उप्रान्त काम गर्दा लाग्ने खर्च अगि्रम भुक्तानी गर्न दबाब दिएका हुन् । कोलकातामार्फत हुने नेपालको तेस्रो मुलुकसँगको व्यापार दुई हप्ताभित्रै देखिएको यो तेस्रो समस्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?