+
+
Shares

बंगलादेशी राजदूतले भनिन्- पेट्रोलियम पदार्थ ल्याउन ट्रान्जिट दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १४ गते १८:११

bangladesh-ambassador-to-nepal

१४ मंसिर, काठमाडौं । नेपालको लागि बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले नेपालले बाहिरबाट इन्धन र ग्यास ल्याए ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएकी छिन् ।

बंगलादेशले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको उनले बताइन् । राजदूत साम्सले भनिन्-‘ नेपालको संकट बारे हामी जानकार छौं । तर, इन्धन र एलपी ग्यास हामी आफैं उत्पादन गर्दैनौं । हामी पनि उत्पादक मुलुकहरुबाट खरिद गर्छौं । त्यसैले नेपालले तेस्रो मुलुकबाट ल्याउने हो भने हामी ट्रान्जिटको रुपमा बन्दरगाह प्रयोग गर्न दिन्छौं ।’

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बंगलादेशकी राजदूत साम्सले हवाई इन्धनको कारोवारको लागि नेपाल गरेको आग्रहप्रति आफूहरु सकारात्मक रहेको स्पष्ट पारिन् ।

नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भए पनि बंगलादेशी ट्रकहरु नेपाल आउन नपाउने भन्दै उनले तत्काल मोटर भेईकल एगि्रमेन्ट गर्नु पर्ने आवश्यकता आंल्याइन् ।

रोहनपुर सिहबाद र राधिकापुरसम्म रेल सेवा समेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने उनले बताइन् ।

नेपालबाट बंगलादेश निर्यात गर्ने २०८ वस्तुमा शुन्य भन्सार गर्ने प्रस्तावलाई नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने उनको विश्वास छ । राजदुत साम्सले नेपाल र बंगलादेशको ब्यापार प्रत्येक वर्ष १२ देखि १५ प्रतिशतले बढीरहेको भन्दै यो वर्ष बंगलादेशबाट नेपालमा ४० वटा वस्तुको आयात कारोवार भएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?