+
+
Shares

जाडोलार्इ तताउन मल्ल होटलमा फेसन शो 

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १६ गते १४:३४
Kathmandu-Feshion-show-2
देशको पछिल्लो अवस्थाका कारण कुनै पनि ईभेन्ट हुन नसकिरहेको बेला गत मंसिर १२ गते शुक्रबार राजधानीको मल्ल होटेलमा ‘फ्रेजेन एन्जल्स’ नामक फेसन शोको आयोजना भएको छ ।
शो मा मोडलहरुले तेन्जिङ टेस्टिन भुटिया, शंकर महर्जन, भेल्भेट बुटिक, स्टेप इन फेसन, मिन्क पार्टी वेरमा मिंकु गुरुङ लगायत डिजाईनरहरुको बिशेष पहिरन लगाएर र्‍यापमा उत्रिएका थिए ।
एक दर्जनभन्दा बढि मोडलहरुले क्याटवाक गरेको शो मा अनुपमा अौरा गुरुङ, माला लिम्बु र मरिशा पोखरेलले  शोस्टपरको रुपमा क्याटवाक गरेका थिए । शोलाई बर्षा थकाली र प्रिया रानी लिम्बुले कोरियोग्राफी गरेका थिए । शो पछी डिजे प्रजिव र नोर्चेनले उपस्थित दर्शकहरुलाई नचाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?