+
+
Shares

स्विम सुटमा ‘लिरिल फ्रेस फेस’का सुन्दरी, कसले जित्ला उपाधी ?(फोटो र भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १६ गते १५:२१

Liril Fresh Face Contestant (2)

‘लिरिल फ्रेस फेस’को उत्कृष्ट ५ मा परेका सुन्दरीको अनुहार बेग्लै खुशी थियो । हरेक हप्ता नयाँ नयाँ टाक्स पार गर्दै उनीहरु टप ५ मा छानिएका थिए । आइतबार बेलुकी साढे ७ बजे कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘लिरिल फ्रेस फेस’बाट उनीहरुमध्ये एकले उपाधी जित्नेछिन् ।

हेर्नुहोस् स्विमिङ पूलमा गरिएको हट फोटोसुटको भिडियो

उपाधी जित्नेले मिडियामा चर्चा त पाउछन् नै व्यक्तित्व विकासमा पनि ठूलो सहयोग पुग्नेछ । उत्कृष्ट ५ मा पुग्नेहरुमा अलिसा श्रेष्ठ, प्रमिला थापा, सोनु गजुरेल, सप्रिना श्रेष्ठ र मनिषा परियार छानिएका छन् । Liril Fresh Face Contestant (1)

Liril Fresh Face Contestant (3)

काठमाण्डौको एक होटलमा अनलाइनखबरको टिम पुग्दा ५ जना सुन्दरीको फोटोसुट चलिरहेको थियो । स्विमसुटमा रहेका सुन्दरीले मंसिर १५ को जाडोलाई पनि प्रवाहा नगरि स्विमिङ पुलमा फोटोसुट गराइरहेका थिए ।

लिरिल फ्रेस फेसमा सहभागी भएपछि आफूहरुको आत्मविश्वास बढेको र अगाडि अझ धेरै काम गर्न सक्छौ भन्ने लागेको उनीहरुले प्रतिक्रिया दिए ।
Liril Fresh Face Contestant (4) Liril Fresh Face Contestant (5) Liril Fresh Face Contestant (6) Liril Fresh Face Contestant (7)
यो प्रतिस्पर्धामा सहभागी हुनु अगाडि आफूहरुमा आत्मविश्वास कम थियो भन्दै उनीहरुले अहिले क्यामेरा फेसदेखि भिडमा आफ्नो कुरा निर्धक्क राख्न सक्ने भएका छौ भन्ने प्रतिक्रिया दिए ।

लिरिल फ्रेस फेसको यो तेश्रो सिजन हो । हरेक बर्ष छनोट हुने एक सुन्दरीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । सामान्य यूवती एकाएक सेलिब्रेटी हुने भएकाले पनि यो प्रतियोगितामा सुन्दरीहरुको आकर्षण बढेको छ । उपाधी जित्नेले ५० हजार नगद प्राप्त गर्नेछिन् । Liril Fresh Face Contestant (8) Liril Fresh Face Contestant (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?