+
+
Shares

केटी मान्छे भनेर नहेप्न ‘कबड्डी कबड्डी’को टिमलाई पूजनाको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १६ गते १५:५०

pujana-hot
नायिका पूजना प्रधानले आफूलाई चलचित्र ‘कबड्डी कबड्डी’को टिमले चलचित्रको मिति सार्न दबाब  दिएको बताएकी छिन् । उनले निर्माण गरेको चलचित्र ‘चकलेट’ मंसिर १८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । काठमाण्डौका मुख्य मुख्य मल्टिप्लेक्समा पनि यो चलचित्र प्रदर्शनमा आउने पक्का भएको छ ।

अहिले काठमाण्डौका मल्टिप्लेक्समा ‘कबड्डी कबड्डी’ले राम्रो कमाई गरिरहेको छ । ‘चकलेट’को प्रदर्शनले ‘कबड्डी कबड्डी’को शो केही घट्नेछ ।
pujana-status
उनले फेसबुकमा लेखेकी छिन्-‘ थाहा छ मलाई तपाइहरुको फिल्म धेरै राम्रो छ । तर, मैले पनि नराम्रो चलचित्र बनाएकी छैन । तपाइहरुको ठूलो ब्यानर ठूला-ठूला मान्छे मिलेर बनाउनु भएको धेरै पैसा कमाउन र अझ धेरै धनी हुन । म सानो मान्छे सानो योजनाको लागि फिल्म बनाए । ५० जना असाहय बच्चाहरुको लागि बस्ने, खाने र पढ्ने सुविधा भएको भवन निर्माण गर्न फिल्म बनाए । तपाइहरुको दबाबले फिल्मको प्रदर्शन मिति सर्दैन ।’

उनले आफूलाई केटी मान्छे एक्लै छ भनेर दबाउन नखोज्न पनि चेतावनी दिएकी छिन् । उनले आफूसँग सारा दर्शक र शुभचिन्तक भएको पनि बताएकी छिन् । पूजनाले अनलाइनखबरसँग भनिन्-‘ मलाई चलचित्रको वितरण संस्था पपर्कनबाट अर्जुन कुमारले फोन गर्नुभएको थियो । उहाँले ‘कबड्डी कबड्डी’ अझै २ हप्ता लाग्ने भन्दै ‘चकलेट’को डेट सार्न भन्नुभयो ।’

आफूले डेट नसार्ने बताएपछि अर्जुनले ‘हेरौला हामी पनि, कसरी २१ वटा हलमा लाग्दो रहेछ’ भनेर जवाफ दिएको पूजनाको भनाई छ ।  सडक बालबालिकाको कथामा निर्माण भएको चलचित्र ‘चकलेट’का काठमाण्डौका मल्टिप्लेक्स सहित २१ वटा हलमा प्रदर्शनमा आउने निर्माता तथा नायिका पूजना प्रधानको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?