+
+
Shares

आमाको करले हिरोइन् बनेकी रिश्मा

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते ९:५३

Rishma-gurung

काठमाडौं । अभिनयमा चाख राख्ने थुव्रै युवतीहरु ‘परिवारले अनुमति नदिँदा’ फिल्ममा आउन सकेका छैनन् । नेपालमा हिरोइनलाई हेर्ने सामाजिक दृष्टिकोण अझै राम्रो भइनसकेकाले थुप्रै बाबुआमा आफ्ना छोरी यो क्षेत्रमा लागेको हेर्न चाहँदैनन् । तर रिश्मा गुरुङको हकमा ठीक उल्टो भयो ।

आफूल चलचित्रमा आउन नचाहे पनि आमाले सम्झाईबुझाई गरेर खेल्न लगाएकी थिइन् उनलाई । त्यतिबेला स्नातक पहिलो वर्षको परिक्षाको तयारी गर्दै थिइन् रिश्मा । पढाई बाहेक अरु खास काम थिएन उनको । घरमै थिइन् । फोन आयो । ‘तिमीलाई एउटा फिल्मबाट हिरोइन बनाउने प्रस्ताव आएको छ । भेट्नु पर्‍यो ।’

‘म खेल्दिन फिल्म-सिल्म ।’

यति भनेर उनले फोन राखिन् । केहीअघि मात्रै उनले लभ्ली पोखरा डटकममा फोटोसुट गरेकी थिईन् । त्यही फोटो हेरेर निर्देशक रामबाबु गुरुङले उनलाई हिरोईन बनाउनका लागि प्रस्ताव गरेका रहेछन् ।

कसले कस्तो फिल्मको लागि प्रस्ताव राखको हो सोधीखोजी नै गरिनन् । ‘त्यतिबेला, मेरो दिमागमा नेपाली फिल्मप्रति पोजेटिभ थिङ्किङ् नै थिएन । त्यसकारण मैले सिधै फिल्म नखेल्ने कुरा गरेँ,’ रिश्माले अनलाइनखबरसित भनिन् ।

उनका साथीहरुको एउटा समुह थियो । नयाँ हिन्दी फिल्म आएपछि समुहमै बसेर हेर्थे । एक वर्षपछि साथीहरु सहित फिल्म हेर्न जान ठिक्क परेकी थिईन् । उनका निर्देशक मामा माओत्से गुरुङको फोन आयो ।

‘भान्जी एकजना डाइरेक्टरले तिमीलाई भेटन खोजेका छन् । एकपटक जसरी पनि भेट्नुपर्‍यो ।’

‘फिल्मकै कुरा होला, म भेट्दिन ।’

‘प्लीज भान्जी, भेटेर कुरा गर्दा के बिग्रन्छ । फिल्म खेल्ने नखेल्ने कुरा पछि गरम्ला ।’

saugat-kabardi

मामाले कर गरेपछि नाई भन्न सकिनन् र निर्देशकलाई भेट्न गइन् । त्यहि दिन अडिसन दिएर आइन् ।

फेरि एक हप्तापछि फोन आयो । भनियो, ‘तिमी अडिसनमा पास भयौ, अब वर्कसपका लागि काठमाडौं जानुपर्छ ।’

काठमाडौ जाने कुरा गरेपछि फेरि आपत्ति जनाईन् । ‘नाई म त जान्न ।’ त्यतिवेलासम्म घर बाहिर एक्लै बसेकै थिइनन् उनी । काठमाडौमा उनको आफन्त कोही थिएन । तर, उनकी आमा स्वयम्ले फकाउन थालिन् । ‘यो मौका नगुमाउ छोरी । एकैचोटी हिरोइन बन्न पाउनु चानचुने कुरा होइन । काठमाडौमा पनि तँ एक्लै बस्न पर्दैन । तेरा साथीहरु अरु पनि हुन्छन् । म पुर्‍याएर आउँला ।’

आमाले त्यति भनेपछि अलिकति आँट आयो र वर्कसपका लागि काठमाडौ आइन् । १२ दिनसम्म वर्कसपमा भाग लिएपछि थाहा पाइन्, अभिनय सोचेको भन्दा भिन्न रहेछ । सामान्य तर, जटिल जस्तो ।

‘यो मौका नगुमाउ छोरी । एकैचोटी हिरोइन बन्न पाउनु चानचुने कुरा होइन । काठमाडौमा पनि तँ एक्लै बस्न पर्दैन ।

दयाहाङ र सौगात सामान्य

फिल्मको सुटिङ सुरु भयो । सुटिङ स्पटमा थिए दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेतलगायत अरु थुप्रै चलेका कलाकार । उनी बाहेक अरु सबै पुराना कलाकार थिए ।

साथीहरु आश्चर्य मानेर सोध्थे ‘ओए दयाहाङसँग सुटिङ गर्दा कस्तो भयो ? निश्चल बस्नेतसँग अभिनय गर्दा डर लागेन ?’ उनी चासै दिन्न थिइन् । साथीहरुलाई भन्थिन् ‘मलाई त नर्मल लाग्यो ।’

‘खासमा त्यतिबेला दयाहाङ, सौगात जस्ता कलाकार कति ठूला हुन् भन्ने नै मलाई थाहा थिएन । त्यसैले मैले सामान्य ठानेँ,’ रिश्मा भन्छिन् ।

Dayahang rai

पहिलो फिल्ममै सफलता

पहिलो फिल्म भए पनि कबड्डीमा रिश्माको केन्दि्रय भूमिका थियो । चलचित्रको कथामा उनी निकै फिट देखिएकी थिइन् । पहिलो फिल्मबाटै सफलताको स्वाद चाख्न पाइन् उनले ।

निर्देशकले कबड्डीको सिक्वेलमा पनि उनैलाई दोहोर्‍याएका छन् । दुवै फिल्ममा उनको भुमिका उही छ । पहिलो फिल्ममा दयाहाङ र निश्चलको बीचमा उनी थिइन् भने दोस्रोमा दयाहाङ र सौगात छन् ।

पढाई नछाड्नु, इज्जत नफाल्नु

कबड्डीका दुई श्रृङ्खलामा र तीन भाषिक फिल्ममा काम गरेकी रिश्माको अर्को एउटा फिल्म प्रदर्शन हुन बाँकी छ, झुम्की । नेपाली स्वाद आउने फिल्ममा मात्रै अभिनय गर्ने योजनामा रहेकी रिश्मालाई तडकभडक पटक्कै मन पर्दैन ।

उनी भन्छिन् ‘जुन फिल्ममा नेपालीपन देखिन्छ त्यो फिल्ममा मात्रै काम गर्छु ।’ उनको बुबा छोरीको कामबाट खुसी छन् । तर, दुईवटा कुरा बारम्बार भन्छन् ‘पढाई नछाड्नु र इज्जत नफाल्नु ।’ इज्जत नफाल्नु भन्नुको अर्थ जस्तोसुकै फिल्म नखेल्नु भनेको बुझेकी छिन् उनले ।

रामबाबुले दिए नयाँ जिवन

आज हिरोईनको रुपमा चिनिनुको जस उनी निर्देशक रामबाबु गुरुङलाई दिन चाहन्छिन् । रामबाबुले पटक पटक आग्रह गर्दा पनि भागेकी रिश्मा पछि उनकै हिरोइन बनिन् ।

‘आज मलाई यो स्थानमा ल्याउन रामबाबु दाईको निकै ठूलो हात छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?