+
+
Shares

किम्फमा २५ देशका ८० फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते १०:२७

kimffकाठमाडौं । तेह्रौं किम्फ २४ देखि २८ मंसिरसम्म कमलपोखरीस्थित कुमारी सिनेमा हलमा हुने भएको छ । पाँच दिनसम्म चल्ने यस फिल्म महोत्सवमा २५ देशका ८० फिल्म प्रदर्शन हुने भएका छन् ।

हरेक वर्षझैँ यस पटक पनि विविध धारका सिनेमा अन्तर्गत डकुमेन्ट्री, फिक्सन, एडभेन्चर, प्रयोगात्मक लघु फिल्म, एन्थ्रोपोलोजिकल न्यारेटिभ्स् र एनिमेशन फिल्म प्रदर्शन हुने भएका छन् । नेपाल पानोरामा अन्तर्गत नेपाली डकुमेन्ट्रीहरुको विशेष प्रदर्शन गरिने भएको छ ।

गणेश पाण्डे निर्देशित ‘भाग्यले बाँचेकाहरू’ डकुमेन्ट्री प्रदर्शनबाट कार्यक्रम उद्घाटन हुनेछ । फिल्मले भुइँचालोवाट जोगिएका नेपालीहरुको कथा र भुइँचालोपछिको देशको अवस्थालाई चित्रित गरेको छ ।

महोत्सवमा सिनेकर्मी, फिल्म पारखी, बुद्धिजीवी, पत्रकार, कलाकार तथा पर्वतप्रेमीहरुको सहभागिता हुनेछ र फिल्म प्रदर्शन बाहेक प्रतिस्थापन कला र फोटो प्रदर्शन पनि हुने छन् ।

यस पटक भारतीय पर्वतारोही तथा फोटोग्राफर अभिजित सिंहका तस्बिरको प्रदर्शनी गरिनेछ । त्यसबाहेक ‘ट्रेन्डस् इन साउथ एसियन इन्डिपेन्डेन्ट सिनेमा’ विषयक परिसंवाद किम्फको अर्को आकर्षक कार्यक्रम हुनेछ । परिसंवादमा मीन भाम (निर्देशक, कालो पोथी), छिरिङ रितार (फिल्म निर्देशक), नम्रता राव (चर्चित हिन्दी फिल्म ‘कहानी’का सम्पादक) तथा भारतका वरिष्ठ फिल्म समालोचक प्रेमेन्द्रनाथ मजुमदारको सहभागिता हुनेछ ।

यस पटक किम्फद्वारा नेपालको भुइँचालोबारे आयोजना गरिएको ‘साइस्मिक सिफ्ट’ नामक लघु फिल्म प्रतियोगितामा उत्कृष्ट ठहरिएका फिल्महरुको प्रदर्शन पनि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?