+
+

भैंसी पाल्न आग्रह गर्दैछिन् मुना थापा

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते १०:४०

muna-thapa

काठमाडौं । गायिका मुना थापा मगरको नयाँ लोक गीत सार्वजनिक भएको छ । गीत मार्फत गायिका थापाले शहरमा जस्तै गाउँमा पनि बाटो, बिजली र खानेपानीको सुविधा थपिएको भन्दै कृषिमा लाग्दा सुखी जिवन बिताउन सकिने कुरा गरेकी छिन् ।

भैंसी, बाख्रा र कुखरा पालेपछि गाउँमा सुखी हुन सकिने तर्क गरेकी छिन् । गाउँ गाउँमा खुलेको बोडिङ स्कुलले शिक्षाको पहुँच सहज भएको भन्दै गाउँमा घाँस दाउरा गरेर पनि सुखी हुन सकिने कुरा गरेकी छिन् ।

संगम डिजिटलले बजारमा ल्याएको उक्त गीतमा सागर विरहीको लय शब्दमा किशोर लम्साल र मुना थापाको स्वर रहेको छ । गणेश उप्रेती र रञ्जिता गुरुङले अभिनय गरेका छन् ।

गाउँका प्रसंग राखेर बनाइएको लोकसंगीतले पछिल्लो समय दर्शकको मन जित्दै आएको छ । पशुपति शर्माको मलाई अमेरिका यही, मलाई जपान पनि यही गीतलाई दर्शकले निकै मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?