+
+
Shares

‘गङनम स्टाइल’का गायकले ल्याए नयाँ गीत, चार दिनमै झण्डै दुई करोडले हेरे

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते ११:१३

psy-daddy-2
‘गङनम स्टाइल’बाट बिश्वचर्चित बनेका दक्षिण कोरियाली गायक पीएसवाईले नयाँ गीत ‘ड्याडी’ बजारमा ल्याएका छन् ।

नयाँ गीतमा उनी बालकदेखि बाबुसम्मको भूमिकामा देखिएका छन् । करिव गङनम स्टाइलकै शैलीमा गाइएको यो गीत केही दिनमै लोकप्रिय भइसकेको छ । psy-dady-3
नयाँ गीत नोभेम्बर ३० तारिखमा युट्युवमा अपलोड गरिएकोमा बिहिबार बिहानसम्म झण्डै एक करोड ८० लाख पटक हेरिएकाे छ ।
pys-dady-1
सन् २०१२ मा सार्वजनिक उनको ‘गङनम स्टाइल’ अहिलेसम्म २ अर्ब ४६ करोडपटक भन्दा बढि पटक हेरिसकिएको छ । यो नै युट्युवमा अहिलेसम्म सर्वाधिक हेरिएको भिडियो हो ।

त्यसयता पीएसवाईले केही नयाँ गीत दर्शकमाझ ल्याएपनि पहिलेजस्तो सफल हुन सकेनन् ।

हेर्नुहोस् नयाँ गीतको भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?