+
+
Shares

आइसल्याण्डको चिसोमा साहरुख र काजोलले यसरी खिचेका थिए ‘दिलवाले’ गीत

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते ११:४०

srk-and-kajol
बलिउडका सदाबाहार जोडी भनेर चिनिने नायक साहरुख खान र नायिका काजोल अभिनित चलचित्र ‘दिलवाले’ को गीत ‘गेरुवा’ धेरै दर्शकले मन पराएका छन् । यो गीत आइसल्याण्डमा सुटिङ गरिएको थियो । लोकेशन हेर्दामा निकै सुन्दर थियो तर दृश्य खिच्न अप्ठ्यारो थियो ।

हालै मात्र यही गीतको ‘मेकिङ अफ सङ’ भिडियो बजारमा आएको छ । भिडियोमा भनिएको छ, सुटिङको क्रममा काजोलले साहरुखको ज्यान बचाएकी थिईन् ।

आइसल्याण्डमा निकै चिसो थियो । त्यसको वावजुत पनि वाटरफलमा गीत सुटिङ गरिएको थियो । सुटिङको क्रममा साहरुख किनारामा थिए भने ब्यालेन्स नमिलेर उनी लड्न लागे । छेउमा रहेकी काजोलले समाईन् र उनको ज्यान बचाइन् ।

गीतको सुटिङमा एउटा बिग्रीएको प्लेन पनि देखिएको छ । जुन प्लेन वास्तविक हो । पाइलटले क्रयास ल्याण्डिङ गराउने क्रममा प्लेन त्यहाँ पुगेको थियो भने सबै यात्रु सकुसल थिए ।

डिसेम्बर १८ बाट विश्वभर प्रदर्शनमा आउने यो चलचित्रलाई रोहित सेट्टीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?