+
+
Shares

‘सुपरहिट’मा बाघसँग बिनिता

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते ११:४९

beenita-in-superhit

नायिका बिनिता बराल अहिले अमेरिकामा छिन् । तर, उनले अभिनय गरेको चलचित्र ‘सुपरहिट’को भने प्रचार नेपालमा सुरु गरिएको छ । माघ २२ गतेबाट देशभरका हलमा प्रदर्शनमा ल्याउने गरि यसको टिजर सार्वजनिक गरिएको हो ।

मुभिज इन्पिmनिटी क्रियशनको ब्यानरमा तयार भएको यो चलचित्रमा विनिता बराल, दिव्य देव, शिशिर राना, मञ्जु श्रेष्ठको मुख्य भूमिका छ । साथमा नयाँ कलाकार सुदाम सीके र महेश त्रिपाठीको पनि अभिनय देख्न सकिन्छ । सुरेश राइको संगीत रहेको यो चलचित्रमा निरञ्जन पाण्डे, सौरभ ढकाल र विनिता बरालको कथा, पटकथा तथा संवाद छ । निरञ्जन पाण्डे र सौरभ ढकालले संयुक्त रुपमा चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्र ‘चपली हाइट’बाट एकाएक चर्चामा आएपनि नायिका विनिता बराल यसपछि हराइन् । उनी अहिले अध्ययनका क्रममा अमेरिकामा छिन् । निर्माण भएको लामो समयपछि यो चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?